एमाले धनुषामा रघुवीर गुटको कब्जा, अध्यक्षमा भोला यादव निर्वाचित

  • जेठ ९, २०८२ | ११५ पटक पढिएको | सीमा संदेश
alt

नेकपा एमाले धनुषाको अध्यक्षमा भोला यादव निर्वाचित भएका छन् । उनी पार्टी सचिव रघुवीर महासेठ समूहका हुन् ।

महासेठ समूहले बनाएको प्यानलै विजयी भएको छ । भोलाले ४०२ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी लक्ष्मीनारायण यादवले मात्र २०० मत पाएका छन् । लक्ष्मीनारायण केन्द्रीय सदस्य उमाशंकर अरगरिया समूहबाट प्रतिस्पर्धामा उत्रेका थिए ।

पार्टीको उपाध्यक्षमा तेजनारायण यादव ४३० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी जयप्रकाश सुनरैतले मात्र १६० मत पाएका हुन् । यस्तै सचिवमा दिपनारायण ठाकुर बाजी मारे । उनीसँग प्रतिस्पर्धा गरेका धिरेन्द्र मण्डलले २२५ मत ल्याए ।

यस्तै पुरुषतर्फ उपसचिवमा ३८० मतसहित सबिन विक्रम थापा र महिलातर्फ उपसचिवमा ३९१ मतसहित रुपाकुमारी मिश्रा निर्वाचित भएकी छन् । पुरुषतर्फका प्रतिस्पर्धी हरिकिशोर यादव १९५ र महिलातर्फ किरण कापर १८४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै लेखा समिति अध्यक्षमा वीरेन्द्र लाल कर्ण ३६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी अनिल कुमार यादव मात्र २०७ मत पाएका छन् ।

पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गर्न चुनाव भएको थियो । ६२८ मतदातामध्ये ६१५ मतदाताले मतदान गरेका थिए । सदस्यहरूको परिणाम घोषणा गर्न बाँकी छ ।

उम्मेदवारको विषयमा विवाद भएपछि मतदानको अन्तिम तयारी भइसकेको अवस्थामा वैशाख २३ मा दुई समूहबीच कुटाकुट भएको थियो । कुटाकुटका कारण सो दिन स्थगित भएको मतदान बिहीबार कडा सुरक्षा घेरामा गराइयो ।

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८ ...

असार ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन ...

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब