नागरिकता नभएकै कारण दलित मुसहर समुदायलाई बरियारपट्टी गापाले दिएन राहत

  • वैशाख ३०, २०७७ | ४,४३६ पटक पढिएको |
alt

लकडाउनका कारण दैनिक छाक टार्न समस्या भईरहेको बरियारपट्टी गाउँपालिका वडा नं. ४ को मुसहर समुदायिलाई गाउँपालिकाले नगरिकता नभएकै कारण राहत नदिइएको गुनासो गरेका छन ।
गाउँपालिकाले राहत वितरण गर्दा राहत लिन गएपछि नगरिकता माग गरियो, नगरिकता देखाउन नसक्दा राहत नपाउँने भन्दै फर्काएको पिडितहरुले बताएका छन् । वडा नं. ४ को मुसहर दलित वस्तीमा जम्मा २५ जना घरपरिवारलाई नागरिकता छैन । नगरिकता नभएका परिवारलाई वडा कार्यालय राहत दिइएका छैन ।
४९औँ दिनको लकडाउनका कारण काम नपाएको यि मुसहर समुदायिका व्यक्तिहरुले गाउँमा भिख मागी गुजारा गरिरहेका छन । तर नेपाल सरकारको विभेद जस्तै भोट लिइएका लोकतान्त्रिक गणतन्त्रको अवधारणामा स्थापित स्थानियतहको सरकारबाट विभेद भएपछि दुःख लागेको पिंकी देवी सदायले बताए ।
गाउँपालिकाको जनप्रतिनिधिहरुले पार्टि कार्यकर्ता तथा हुने खाने वर्गलाई राहत वितरण गरेको र राहत संख्य बढी देखाई त्यस अनुरुपको वितरण नगरी राहतमा भ्रष्टाचार गरेको आरोप युवा संघ बरियारपट्टीले लगाएको छ । राहत सम्बन्धी भण्डाफोरको लागि बैशाख २२ गते अध्यक्षलाई १४ बुँदे ज्ञापनपत्र बुझाएपछि आज जनप्रतिनिधिहरु समक्ष माग कार्यन्वयनका लागि बैठकमा बोलाएको छ । यदि ज्ञपनपत्रको अवज्ञ गरिया,े भने भ्रष्टाचार विरुद्ध गाउँपालिकामा आन्दोलन पनि विभिन्न चरणमा गर्ने युवा संघले बताउनु भयो ।

‘उदयपुर फाइल्स’ को प्रदर्शनमा रोक

दिल्ली हाईकोर्टले ‘उदयपुर फाइल्सस् कन्हैया लाल टे ...

नागरिकता पाउन ६ महिना लडाइँ, अधिकार अझै टाढा

चोहर्वा टोलकी ६२ वर्षीया लरुबती सदा राज्यबाट उपेक्षित ज ...

मन्त्री जयसवाललाई फिर्ता बोलाउने निर्णय

नेकपा (एमाले) मधेश प्रदेश समितिको चौथो बैठकले खेलकुद तथ ...

असार २९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल आषाढ २९ गते । आइतबार । ईश ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब