नागरिकता नभएकै कारण दलित मुसहर समुदायलाई बरियारपट्टी गापाले दिएन राहत

  • वैशाख ३०, २०७७ | ५,३४५ पटक पढिएको |
alt

लकडाउनका कारण दैनिक छाक टार्न समस्या भईरहेको बरियारपट्टी गाउँपालिका वडा नं. ४ को मुसहर समुदायिलाई गाउँपालिकाले नगरिकता नभएकै कारण राहत नदिइएको गुनासो गरेका छन ।
गाउँपालिकाले राहत वितरण गर्दा राहत लिन गएपछि नगरिकता माग गरियो, नगरिकता देखाउन नसक्दा राहत नपाउँने भन्दै फर्काएको पिडितहरुले बताएका छन् । वडा नं. ४ को मुसहर दलित वस्तीमा जम्मा २५ जना घरपरिवारलाई नागरिकता छैन । नगरिकता नभएका परिवारलाई वडा कार्यालय राहत दिइएका छैन ।
४९औँ दिनको लकडाउनका कारण काम नपाएको यि मुसहर समुदायिका व्यक्तिहरुले गाउँमा भिख मागी गुजारा गरिरहेका छन । तर नेपाल सरकारको विभेद जस्तै भोट लिइएका लोकतान्त्रिक गणतन्त्रको अवधारणामा स्थापित स्थानियतहको सरकारबाट विभेद भएपछि दुःख लागेको पिंकी देवी सदायले बताए ।
गाउँपालिकाको जनप्रतिनिधिहरुले पार्टि कार्यकर्ता तथा हुने खाने वर्गलाई राहत वितरण गरेको र राहत संख्य बढी देखाई त्यस अनुरुपको वितरण नगरी राहतमा भ्रष्टाचार गरेको आरोप युवा संघ बरियारपट्टीले लगाएको छ । राहत सम्बन्धी भण्डाफोरको लागि बैशाख २२ गते अध्यक्षलाई १४ बुँदे ज्ञापनपत्र बुझाएपछि आज जनप्रतिनिधिहरु समक्ष माग कार्यन्वयनका लागि बैठकमा बोलाएको छ । यदि ज्ञपनपत्रको अवज्ञ गरिया,े भने भ्रष्टाचार विरुद्ध गाउँपालिकामा आन्दोलन पनि विभिन्न चरणमा गर्ने युवा संघले बताउनु भयो ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब