कोरोनाको परिक्षण र सरोकारवाला

  • जेठ १०, २०७८ | १,५२१ पटक पढिएको | सीमा संदेश
alt

सिरहामा आइतबार सम्ममा ,२ हजार ५ सय ४४ जनाको पिसिआर र २ सय ७२ जनाको आरटिपिसिआर परिक्षण गरिएको छ । पिसिआर परिक्षण पछि ६ सय १५ जना र आरटिपिसिआर परिक्षण पछि २९ जना कोरोनाको सकृय संक्रमित फेला परेको छ । कोरोना परिक्षणलाइ विश्लेषण गर्ने हो भने, कछुवाको तालमा भइरहेको सहजै अनुमान गर्न सकिन्छ । यति सम्म कि, कोरोना जांचको प्रतिवेदन लिन पनि तीन दिन कुर्नै पर्ने अवस्था छ । कोरोना प्रयोगशालाको एकदिनमा परिक्षण गर्ने जति क्षमता छ ती क्षमता अनुसारको सेवा समयमै लिन नागरिक सकिरहेको र सरोकारवाला निकायले दिन सकिरहेको अवस्था न रहेको स्वयम् त्यहाँ कार्यरत कर्मचारीहरू बताउछन । अन्य जिल्लामा जस्तै सिरहा जिल्लामा पनि कोरोनालाइ नियन्त्रणमा लिन निशेधाज्ञा जारी रहेको अवस्था छ ।बजार ,कलकारखाना लगायतका काम पुर्ण रुपमा बन्द छ । हुदाखाने वर्गहरुलाई दैनिक गुजारा गर्न पनि हम्मे हम्मे परिरहेको अवस्था छ ।एकातिर नागरिक ती समस्यालाई र अर्को तिर कोरोना परिक्षणको कार्य द्रुत गतिमा न बढाउदा र समयमै परिक्षण प्रतिवेदन न पाउँदा नागरिक कतिहद सम्म मर्कामा छन ?भन्ने कुरो सहजै अनुमान गर्न सकिन्छ । ८ घण्टामा ९० वटा गरि दैनिक २ सय ७० वटा स्वावको परीक्षण गर्न सक्ने प्रयोगशालाले दिनमा ९० वटा स्वावको मात्र परिक्षण गरिरहेको र सो को प्रतिवेदन ३ दिन पछि मात्र दिने गरेको छ। जसको कारण हो , -- प्रयोगशालामा सहयोगी उपकरण र द्क्ष जनशक्तिको अभाव । यस्तै अवस्था रहे , वढिभन्दा बढिको परिक्षण हुने र समयमै कोरोना संक्रमितको पहिचान गर्ने सम्भावना न्यून रहेको देखिन्छन् ।यो अवस्थावाट मुक्त हुन प्रयोगशालाको थप ब्यवस्थापन र दक्ष जनशक्तिको ब्यवस्था समयमै गरि परीक्षण कार्यलाइ द्रुत गतिमा अगाडि न बढाए अगामी दिनमा सिरहाली जनताले थप निशेधाज्ञाको सामना गर्नुपर्ने दिन न आउला भन्न सकिँदैन ।

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८ ...

असार ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन ...

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब