अहिलेसम्मकै ठुलो लामपुच्छ्रे तारा पृथ्वीतर्फ आउँदै, के पर्ला असर ?

  • वैशाख ३, २०७९ | ५२१ पटक पढिएको | सीमा संदेश
alt

वासिङटन । चार अर्ब वर्ष भन्दा धेरै पुरानो एउटा लामपुच्छ्रे तारा पृथ्वीतर्फ आइरहेको छ । कम्तीमा ८० माइल चौडा अर्थात रोह्डे टापुभन्दा दोब्बर आकारको यो तारा अहिले २२ हजार माइल प्रतिघन्टाको गतिमा पृथ्वीतर्फ आइरहेको छ ।

यो अहिलेसम्म भेटिएकामध्ये सबैभन्दा ठूलो लामपुच्छ्रे तारा हो । यो सौर्य प्रणालीको किनारको भित्री भागबाट दौड लगाउँदै छ । शौभाग्यवश हामीले यसबाट पृथ्वीमा कुनै नराम्रो असर पार्लान् भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन । खगोलशास्त्रीहरूका अनुसार यो कहिल्यै पनि सूर्यदेखि एक अर्ब माइल भन्दा बढी नजिक आइपर्ने छैन । यो दुरी भनेको पृथ्वी र शनि ग्रहबीचको दुरी भन्दा अलि बढी हुन्छ । 

यो तारा सन् २०३१ को कुनै समय पृथ्वीको नजिक आउने अपेक्षा गरिएको छ । त्यसको अर्थ यस ब्रम्हाण्डीय वस्तुलाई लिएर चिन्तित हुन पनि हामीसँग अझै केही वर्ष बाँकी नै रहेको छ । वास्तवमा कुनै लामपुच्छ्रे तारा वा आकासीय पिण्ड हाम्रो दिशामा नजिकिने घटना सदैव रोमान्चक रहँदै आएको छ । 

युक्लास्थित ग्रह विज्ञान तथा खगोल शास्त्रका प्राध्यापक डेबिड जेबिटले वर्षौंअघि यो तारा सौर्य प्रणालीबाट उछिट्टिएको बताएका छन् । उनले वर्षौंसम्म यो हाम्रो सौर्य प्रणाली वरपर थुप्रै लामपुच्छ्रे तारा घुमिरहेने 'ओेर्ट बादल'मा बसेको पनि बताएका छन् ।

त्यसपछि अन्य ताराहरूले जस्तै यस प्राचीन ताराले पनि अरबौँ माइल गहिरो अन्तरीक्षको सौर्य प्रणाली घुम्न थालेको बताइएको छ ।

बीजीआरबाट ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब