वर्ष दिन अघि मालीकी एक आमाले ९ वटा बच्चा जन्माएकी थिइन्, अहिले तिनको अवस्था कस्तो छ ?

  • वैशाख २५, २०७९ | ५३४ पटक पढिएको | सीमा संदेश
alt

गत वर्षको मे महिनामा मालीकी हलिमा सिस्सेले एकैपटक नौ सन्तानलाई जन्म दिएकी थिइन् । बच्चाहरू मोरक्कोको अस्पतालमा जन्मिएका थिए। माली सरकारले सिस्से र उनको गर्भको बच्चाको विशेष हेरचाहका लागि विकसित मोरक्को पठाउने व्यवस्था गरेको थियो ।

२६ वर्षीया सिस्से र उनको श्रीमानले भर्खरै उनका छोराछोरीको जन्मदिन मनाए । मालीको सेनाका अधिकृत रहेका सिस्सेका श्रीमान् अब्दुलकादिर अर्बीले बालबच्चाको जन्मदिन मनाउनकै लागि मोरक्को गएका थिए । ‘बालबच्चा अहिले बामे सर्न थालेका छन्। कोही बस्न पनि सक्ने भइसके । कोही भने समाइदिए केही पाइला हिँड्न थालेका छन्,’ अर्बीले भने । 

सबै बच्चाहरुलाई अहिले पनि उनीहरू जन्मिएको मोरक्कोको क्लिनिकमै राखेर हेरविचार गरिँदै छ। समयभन्दा अघि जन्मिएकाले उनीहरूलाई लामो समय क्लिनिकमा राखेर हेरचाह गरिएको हो। बच्चाकी आमा सिस्सेको स्वास्थ्य स्थिति पनि राम्रो रहेको अर्बीले बताए ।

‘नौ जना बालबच्चाको रेखदेख गर्न सजिलो त हुँदैन तर पनि एकदम आनन्द महसुस हुन्छ। कहिलेकाहीँ थकाई लाग्छ तर केटाकेटीहरूलाई स्वस्थ देख्दा राहत महसुस हुन्छ । यी बालबच्चालाई हेरेर हामी सबै कुरा बिर्सन्छौँ,’ अर्बीले भने अर्बी बालबच्चाको जन्मदिन मनाउन तीन वर्षीय जेठी छोरी सौदासँग ६ महिनापछि पहिलो पटक मोरक्को पुगेका थिए ।

जन्मदिन मनाउनुअघ अर्बीले त्यसबारे बोल्दै भनेका थिए,‘ क्लिनिकमा काम गर्ने नर्स र वरपरका बिरामीसँग मिलेर जन्मदिनको सानो कार्यक्रम गर्ने हो। हामी यो क्षणलाई सम्झन लायक बनाउन चाहन्छौँ।’ 

सन् २०२१ मे ४ मा जन्म हुनु अघि, सिस्सेलाई माली सरकारले विशेषज्ञ हेरचाहको लागि मोरक्को पठाएको थियो।
माली सरकारले दिएको सहयोगका लागि अर्बी निक्कै कृतज्ञ महसुस गर्छन्। ‘माली सरकारले यी नौ बालबच्चा र तिनको आमाको स्याहारमा सकेजति सबै गरेको छ । सजिलो त छैन तर यो कुराले राहत दिन्छ,’ उनले भने । 

गर्भमा धेरै बच्चा भएको अवस्थामा प्रसूतिको समयको बच्चा र आमाका दुवैको ज्यान जोखिममा पर्छ ।

खासमा गर्भपतनले कानुनी मान्यता पाएको देशहरूमा महिलाहरूलाई पहिले नै एकैपटक चारभन्दा बढी बच्चा नजन्माउन सल्लाह दिइन्छ। धेरै बच्चा गर्भमा हुदाँ समयअघि नै बच्चा जन्मिने सम्भावना हुन्छ। सिस्सेको मामलामा पनि त्यही भयो।

समय नपुग्दै जन्मिने बच्चाको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ र सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । यही भएर एक वर्षसम्म पनि ती नौ बालबच्चालाई क्लिनिकमा राखेर चिकित्सकीय निगरानी गरिँदै छ ।

सिस्से र उनका बालबच्चा उनीहरुले जन्म दिएकै फ्ल्याटमा बस्छन् । उनका बुबा यसलाई ’मेडिकलाइज्ड फ्ल्याट’ भन्छन्। यहाँ बालबालिकाको विशेष हेरचाह गरिन्छ।

बालबच्चाका पिता अर्बी भन्छन्, ‘मेरी श्रीमती बाहेक यहाँ नर्सहरू पनि छन् जसले बच्चाहरूको हेरचाह गर्न मद्दत गर्छन्। क्लिनिकले बालबालिकालाई खाना खुवाउने मेनु बनाएको छ ।’

मालीका स्वास्थ्य मन्त्री फान्टा सिबीका अनुसार पाँच छोरी र चार छोरा गर्भको ३० हप्ता मै जन्मिएका थिए। 

आइन बोर्जा क्लिनिकका मेडिकल डाइरेक्टर प्रोफेसर युसुफ अलौईले बालबच्चा जन्मेपछि एएफपी समाचार एजेन्सीसँगको कुराकानीमा तिनको तौल ५०० ग्रामदेखि १ किलोग्रामसम्म रहेको जानकारी दिएकी थिइन्। बच्चा जन्माउन सिजेरियन अपरेसन गरिएको थियो ।

छोराहरुको नाम मोहम्मद छैठौं, ओमर, इल्हादजी, बाह राखिएको छ । त्यस्तै छोरीहरुको नाम कादिदिया, फतौमा, हवा, अदामा र ओउमो राखिएको छ।

पिता अर्बी हरेक बच्चाको फरक व्यक्तित्व रहेको बताउँदै भन्छन् ,‘ सबैको फरक व्यक्तित्व छ। कोही शान्त छन्, कोही धेरै हल्ला गर्ने र रुने गर्छन्। केही बच्चा अरूले काखमा बोकिरहुन्जस्तो गर्छन् ।’

जन्मेदेखि नौ बालबच्चा माली लगिएका छैनन्। ‘छोराछोरीहरु अहिलेसम्म माली गएका छैनन् तर त्यहाँ उनीहरुको निकै चर्चा छ । परिवार, साथीभाइ, साथीभाइ सबै यिनलाई आफ्नै आँखाले हेर्न चाहन्छन् ,’ अर्बीले भने । 

गिनिज वर्ल्ड रेकर्ड 

गिनिज वर्ल्ड रेकर्डमा एकैपटक सबैभन्दा धेरै जीवित बच्चा जन्माउने रेकर्डमा हलिमा सिस्सेको नाम छ ।

यसअघि सन् २००९ मा एकैसाथ आठ सन्तान जन्माएर अमेरिकी नागरिक नाद्या सुलेमान नामकको नाम सबैभन्दा बढी सन्तान जन्माउनेमा गिनिज बुकमा परेको थियो ।

सुलेमानका बालबच्चा अहिले १२ वर्ष पुगिसकेकी छन् । ती बालबच्चा टेस्ट ट्युब विधिबाट जन्माइएका थिए ।

त्यो भन्दा पहिले पनि यस्ता दुईवटा घटना बाहिर आएका थिए । सन् १९७१ मा अष्ट्रेलियाकी महिला र १९९९ मा इन्डोनेसियाकी अर्की महिला दुवैले ९ सन्तानलाई जन्म दिएका थिए। तर ती बालबालिका केही दिन मात्रै बाचेका थिए ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब