विशेष सम्पादकीय

  • साउन ६, २०८१ | ४७७ पटक पढिएको | सीमा संदेश
alt

आजदेखि सीमा सन्देश दैनिक पत्रिका पाँचौ वर्ष पुरा गरेर छैठौँ वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी पाँच वर्षमा सीमा सन्देशसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, कर्मचारी, पत्रकारलगायत सबै सुभेच्छुकमा सीमा सन्देश परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षिय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न सीमा सन्देश उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछ । गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । सीमा सन्देशले पनि आफ्नो पाँच वर्षे यात्रामा अनेकौं कठिनाईको सामना गरेको छ ।

थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको सीमा सन्देशसँग शुरुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर सीमा सन्देशले पाँच वर्षसम्म संघर्षका असंख्य पाइलाहरु नेपाली समाजको हाइवेमा दर्ज गरिरह्यो । संचार विस्फोटको आजको युगमा अनलाइन, टेलिभिजन, रेडियो लगायतका  मिडियाको हुलमा छापा र अनलाइन मिडिया पनि दर्जनौंको संख्यामा मिसिन आइपुगेको छ।

सत्यलाई असत्य र असत्यलाई सत्य सावित गर्ने हजारौं प्रयत्न हरेक दिन नेपाली मिडियाको दुनियाँमा ‘बिजनेस’ पनि चलिरहन्छ । यो चुनौतीलाई सामना गर्दै सीमा सन्देशले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं ।

तथ्यको हत्या गर्ने र असत्यलाई नक्कली तथ्यको मुखण्डो लगाएर जनतालाई दिग्भ्रमित पार्ने प्रयत्न आज पनि उसैगरी चलिरहेको छ । स्वाभिमान र जनताको सत्यको पत्रकारिता गर्ने सीमा सन्देश जस्ता मिडियालाई पाइलापाइलामा अवरोध खडा गर्ने व्यूह पनि हरेक दिन रचिन्छ । तर सबै चुनौतीको सामना गर्दै अविचलित ढंगले अघि बढिरहेको छ ।

परिवर्तन विरोधी कुलीनहरुले सीमा सन्देशको आत्मविश्वासमा प्रहार गर्न पनि यो बीचमा छाडेनन् र हामीलाई विश्वास छ उनीहरु त्यस्तो कर्म भोली पनि गरि नै रहनेछन् । हामी हाम्रा पाठक, दर्शक र सुभेच्छुकहरुलाई के विश्वास दिलाउन चाहन्छौं भने सीमा सन्देश कुनै पनि चुनौतीका सामु झुक्नेछैन । हामी कुनै प्रकारका प्रलोभन, लालच र विदेशी पैसाको असरमा परेर परम्परागत शक्तिको खेलमा कुनै प्रकारको मोहरा बन्ने छैनौं ।

सीमा सन्देश चुनौतीको पहाड समुन्ने उभिएको त्यो किसान जस्तो हो जसले कुटोले खनेरै पनि यो पहाड छिचोलेर बाटो बनाउने संकल्प लिएको छ । हामी यो सुनाउन पाउँदा गर्विलो भएका छौं कि हामीले वि.सं. २०८० मा आ.व. २०७७÷०७८ को छनोटबाट ‘ग’ वर्गमा वर्गिकृत हुन सफल भएका छौं । सीमा सन्देशलाई जनपक्षिय पत्रकारिताको एउटा पूर्ण मिडिया बनाउने हाम्रो प्रयत्नको यो एउटा नयाँ पहल हो ।

सीमा सन्देश पत्रिका र अनलाइनलाई हामी एक बलियो मिडियाका रुपमा विकसित गर्ने अभियानमा छौं । वैकल्पिक र जनपक्षिय पत्रकारिताको हाम्रो अविचल प्रयत्नलाई भविश्यमा पनि पाठक, दर्शक, सुभेच्छुक, विज्ञापनदाता लगायत सबैले उसैगरी साथ दिनुहुनेछ भन्ने हाम्रो अटल विश्वास छ ।

पाँचौ वार्षिक उत्सवको यो अवसरमा सबैलाई बधाई तथा शुभकामना !

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८ ...

असार ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन ...

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब