बन्ध्याकरणपछि पनि बच्चा जन्मिएपछि अस्पतालविरुद्ध मुद्दा

  • भदौ ३, २०८१ | ५०० पटक पढिएको | सीमा संदेश
alt

स्थायी बन्ध्याकरण भ्यासेक्टोमी गरिसकेपछि पनि बच्चा जन्मिएको भन्दै एकजना रुसी पुरुषले अस्पताल विरुद्ध मुद्दा हाल्ने भएका छन् ।

चारवटा बच्चा जन्माएपछि भ्यासेक्टोमी गरेका ती व्यक्तिको बन्ध्याकरणपछि पाँचौँ बच्चा जन्मिएसँगै उनी आफ्नो भ्यासेक्टोमी गरिदिने अस्पताल विरुद्ध अदालत जाने तयारी गरेका हुन् ।

रुसको उफा सहरका ४५ वर्षीय म्याक्सिम नामका ती पुरुषले आफ्नो चौथो बच्चा भएसँगै सन् २०२२ मा भ्यासेक्टोमी गरेका थिए ताकि उनकी पत्नी पुनः गर्भवती नहोउन् । त्यसका लागि उनी स्थानीय प्रोमेडिटसिना नामक बन्ध्याकरण क्लिनिक गएका थिए । जहाँ ३० हजार रुबल्स तिरेर उनले शल्यक्रिया गराएका थिए ।

सो शल्यक्रिया सफल भएको थियो र उनलाई केही घण्टामै क्लिनिकले डिस्चार्ज गरेको थयो । सबै चिज सामान्य रुपमा अघि बढिरहेको थियो । तर गत वर्ष उनकी पत्नीले एक्कासी आफु गर्भवती भएको बताएपछि उनी झसँग भए । अन्ततः गत नोभेम्बरमा उनकी पत्नीले पाँचौँ बच्चा जन्माइन्।

त्यसपछि उनी आफ्नो भ्यासेक्टोमी गरिदिने क्लिनिकमा गए र शल्यक्रियापछि पनि किन बच्चा रह्यो भनेर सोधे ? तर सो अस्पतालले उल्टै बच्चाको पितृत्व र उनको विर्यजाँच गर्न सुझाव दियो । उनले ती दुबै परीक्षण गर्दा बच्चा उनकै रहेको र उनी अझै पनि उच्च प्रजननशील रहेको पत्ता लाग्यो ।

अस्पतालले भ्यासेक्टोमीमा आफ्नो गल्ती भएको स्वीकार गर्नुको साटो त्यसलाई चिकित्सा क्षेत्रको चमत्कार भएको भन्दै त्यसरी बाबुु बन्न सफल भएकोमा गर्व गर्न भन्यो । साथै अस्पतालले उनलाई विवाद अगाडि नबढाउन भन्दै शल्यक्रिया गर्दा लागेको ३० हजार रुबल्स फिर्ता गर्ने बतायो ।

तर म्याक्सिमले भने अस्पतालको त्यस्तो प्रस्ताव अस्वीकार गरे । उनी र उनको परिवार सो क्लिनिक विरुद्ध क्षतिपूर्तिको माग गर्दै अदालतमा जाने निर्णय गरेका छन् ।

–एजेन्सीको सहयोगमा

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब