राजा जनकका गुरु अष्टावक्रको जन्मस्थान महोत्तरीको राजावास हुन सक्ने जिकिर

  • कार्तिक ५, २०८१ | ४३९ पटक पढिएको | सीमा संदेश
alt

राजा जनकका गुरु ऋषि अष्टावक्रको जन्मस्थान महोत्तरीको बर्दिवास नगरपालिकास्थित राजावास हुन सक्ने दाबी गरिएको छ । भारतको आन्ध्र प्रदेशबाट बर्दिवास पुगेका डा. स्वामी विश्वासनन्दले अष्टावक्रको जन्मस्थलबारे दाबी गर्दै त्यहाँ विभिन्न ऐतिहासिक अवशेष फेला परेको बताए ।

शनिबार बर्दिवासमा आयोजित पत्रकार सम्मेलनमा स्वामी विश्वासनन्दले अष्टावक्रको जन्मस्थानका अवशेषहरू पत्ता लागेको र त्यसले राजावासलाई सम्भावित जन्मस्थलको रूपमा प्रमाणित गर्ने आधार दिएको बताए ।

उनले भने, “मध्यपाषाण युगको हतियार कारखाना रहेको भनिएको स्थानबाट झन्डै सात किलोमिटरको दूरीमा रहेको राजावास नै अष्टावक्रको जन्मस्थल हुन सक्छ।“

डा. विश्वासनन्दका अनुसार पुरातात्विक अवशेषहरूको आधारमा राजावासलाई अष्टावक्रको जन्मभूमि र राजा जनकले ज्ञान प्राप्त गरेको स्थानका रूपमा चिनाउन सकिन्छ । उनी हाल अष्टावक्रको जन्मस्थल र समाधिबारे अध्ययन गर्दैछन् ।

नेकपा (एमाले) का नेता शंकर महतोको निमन्त्रणामा बर्दिवास आइपुगेका स्वामी विश्वासनन्दले अष्टावक्रको जन्मस्थानबारे थप खोजीमा सहयोग गर्न आग्रह गर्दै, अष्टावक्रका बारेमा गहिरो अध्ययन गरिरहेको बताएका छन्।

स्वामी विश्वासनन्दले केमिस्ट्रीमा पीएचडी गरेका छन् । विश्वका ठूला कर्पोरेट कम्पनीहरूमा काम गरेका उनले सन् १९९१ मा प्रयोगशालामा अनुसन्धान गर्दै गर्दा बैराग्य जीवन रोजे । र अष्टावक्रसम्बन्धी अनुसन्धानमा जुटेका हुन् । अहिलेसम्म ७२ देशको भ्रमण गरिसकेका स्वामीले नेपालको मिथिला क्षेत्र र जनकपुरधाम नजिक भएकोले बर्दिवास नै अष्टावक्रको जन्मस्थल भएको सम्भावना औंल्याए ।

पत्रकार सम्मेलनमा उपस्थित नेताहरूले अष्टावक्रको जन्मस्थलबारे थप खोजी गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब