ठूलो आवाजमा कुखुराको भाले बासेपछि छिमेकीले हाले मुद्दा

  • कार्तिक ७, २०८१ | ३३३ पटक पढिएको | सीमा संदेश
alt

छिमेकीहरुबीच झैझगडा हुन र अदालतको चक्कर काट्नका लागि कुनै ठूलो निहुँ नचाहिने रहेछ । फ्रान्सको बोर्गोइनमा एकजना व्यक्ति आफूले पालेको कुखुराको भाले चर्को स्वरमा बासेको अभियोगमा कानूनी कठघरामा उभिनु परेको छ ।

स्थानीय फ्रान्क नाम व्यक्तिले घरमा पालेको पाँच वर्षको कुखुरा रिक्को चर्को स्वरमा कुखुरी काँ…. गर्दै बासेका कारण डिस्टर्ब भएको, राम्रोसँग निद्रा नपर्ने, कुनै काममा ध्यान केन्द्रित गर्न अप्ठेरो हुने तथा सुन्दा सुन्दा दिक्क लाग्ने जस्ता समस्या भएको भन्दै उनका छिमेकीले अदालतमा मुद्दा हाले । अन्ततः अदालतले आउँदो जनवरीका लागि सुनुवाइ तोकेको छ र त्यसबेला फ्रान्क  दम्पती अदालतमा उपस्थित भएर बयान दिनुपर्नेछ ।

नाम नखुलाएका ती छिमेकीले त्यो कुरा दिनरात जतिबेला पनि बास्ने गरेको र उसको आवाज सहनै नसकिने खालको भएको बताएका छन् ।

तर, रिक्कोका मालिक फ्रान्कले पनि छिमेकीको त्यस्तो आरोप अस्विकार गर्दै कुखुराको खोर ठण्डी याममा बिहान ८ बजे र गर्मी याममा ९ बजेमात्रै खोल्ने गरिएको र बेलुकी ८ बजे खोरभित्र राख्ने गरिएको भन्दै रातको समयमा कुखुरा बासेर दिक्क पारेको भन्ने दाबीको खण्डन गरेका छन् ।

साथै आफ्नो कुखुरा बिहान करिब १५ पटक र दिउँसो केही पटक मात्रै बास्ने गरेका बताएका छन् । उनका अनुसार कुखुराको खोरमा अटोमेटिक ढोका छ, जुन माथि उल्लेखित समयमा आफैं खुल्ने र बन्द हुने गर्दछ ।

स्वतन्त्र जिवनयापनका लागि २५ वर्षअघि बोर्गोइनमा बसाइँ सरेको फ्रान्क दम्पती अहिले कुखुराको निहुँमा छिमेकीले कानुनी कारबाही अघि बढाएपछि चिन्तित बनेको छ । उनीहरुले यो मुद्दालाई सुरुमा नगर परिषदको मध्यस्थताबाट मिलाउने कोसिस पनि गरे । तर, उनका छिमेकी मिल्न तयार भएनन् र अदालतसम्म पुगेका छन् ।

आफूले उजुुरीकर्ता बाहेक अरु सबै छिमेकीसँग कुराकानी गरेको र उनीहरु कसैलाई पनि आफ्नो कुखुराको आवाजले कुनै असर नगरेको फ्रान्क बताउँछन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब