छिमेकीका जुत्ता सुँघेको आरोपमा युवकलाई जेल सजाय

  • कार्तिक ११, २०८१ | ३४२ पटक पढिएको | सीमा संदेश
alt

कतिपय मानिसको आनीबानी यस्तो अनौठो र अपत्यारिलो हुन्छ कि त्यसले उनीहरुलाई जेलको हावा खुवाउँछ । ग्रीसमा एकजना २८ वर्षीय युवक छिमेकीको जुत्ता सुँघ्ने बानीका कारण जेल जानु परेको छ।

जुत्ता सुँघ्नका लागि पटक-पटक छिमेकीको घर परिसरमा छिरेर दिक्क पारेको अभियोगमा उनी दोषी ठहर भएका हुन् ।

ग्रीसको सिन्दोस सहरमा गत अक्टोबर ८ मा एक युवक पक्राउ परे । बिहान सबेरै छिमेकीको घर परिसरमा छिरेर बाहिर राखिएका जुत्ताहरु सुँघिरहेको अवस्थामा उनलाई देखेपछि छिमेकीले प्रहरीलाई खरब गरेका थिए र पुलिसले उनलाई पक्रिएको थियो ।

नाम नखुलाइएका ती युवक यसअघि पनि जुत्ता सुँघ्नका लागि आफ्नो घर परिसरमा पटक-पटक लुसुक्क छिर्ने गरेको र उनको त्यस्तो बानीले दिक्क पारेको भन्दै उनीविरुद्ध छिमेकीले प्रहरीमा खबर गरे ।

पक्राउ गरेर स्थानीय अदालतमा उपस्थित गराइएका ती युवकको बयान तथा प्रमाणहरुका आधारमा अदालतले उनलाई एक महिनाको जेल सजाय सुनायो । साथै उनी ३ वर्षसम्म परीक्षण कालमा निगरानीमै रहनुपर्नेछ ।

अदालतको बयानमा ती युवकले भनेका छन्- मलाई यस्तो बानी कसरी लाग्यो भन्ने ठ्याक्कै थाहा छैन । मलाई आफैंप्रति लाज तथा दिक्क लागेको छ । मैले यसबारेमा वर्णन नै गर्न सक्दिनँ । मलाई मेरो अवस्था झनै खराब हुनबाट रोक्नका लागि सहयोग गर्नुहोस् ।

आफू जुत्ता सुँघ्नकै लागि छिमेकीको घर परिसरमा जम्मा तीन पटकसम्म छिरेको पनि उनले स्वीकार गरे । ती युवकले अदालतमा गल्ती स्वीकार गर्दै माफी पनि मागेका थिए । साथै अरुलाई हानी गर्ने आफ्नो कुनै मनसाय नरहेको पनि उनले बताए ।

छिमेकीले पनि ती युवाले कुनै हिंश्रक व्यवहार नगरेको तर उनको त्यो अनौठो तथा घिनलाग्दो बानीका कारण आफूहरुलाई दिक्क लागेको बताएका छन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब