प्रदेशको बेइज्जत भयो : पूर्व मुख्यमन्त्री यादव

  • मंसिर ५, २०८१ | ३२२ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले बिना आमन्त्रण अयोध्या पुगेर मधेश प्रदेशको बेइज्जत गराएको आरोप पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले लगाएका छन् ।

‘भारत भ्रमणमा जाँदा धार्मिक, उपचार, पारिवारिक अथवा सरकारी भ्रमण बारे पहिले नै स्पष्ट गर्नुपर्छ ’ उनले भने, आधा दर्जनजति मन्त्री सहित अयोध्या पुगेका मुख्यमन्त्रीले परराष्ट्र मन्त्रालयसित समेत स्वीकृति लिएनन् । ‘नेपालस्थित भारतीय राजदूतावास अथवा भारतको उत्तरप्रदेश सरकारसित भ्रमणबारे समन्वय हुन आवश्यक थियो ’ उनले भने, आमन्त्रण बिना नै गएपछि मधेश प्रदेशको अपमान भएको छ । बिगतमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाममा भव्य स्वागत गरिएको उल्लेखगर्दै उनले भने, उत्तरप्रदेशमा जाँदा पनि मधेश प्रदेशका मुख्यमन्त्रीको स्वागत त्यही अनुसार हुन सरकारी आमन्त्रण आवश्यक हुन्छ ।

तिलकोत्सव गर्ने कार्य जानकी मन्दिरको परम्परा रहेको उल्लेख गर्दै पूर्व मुख्यमन्त्री यादवले विश्वहिन्दू परिषद्का जिल्ला अध्यक्षको नेतृत्वमा मुख्यमन्त्री स्वदेशकै कुनै कार्यक्रममा जान नहुनेमा भारतमा जानु पदीय मर्यादा विपरीत कार्य रहेको बताए ।

आर्थिक वर्षको ५ महिना चलिरहँदा प्रदेश सरकारको विकास निर्माणको काम नभएको बताउँदै उनले भने, प्रदेशको विकासको नाममा विरोध गर्ने पार्टीको सरकार हुँदा बेथितिबारे जनमत पार्टी मौन छ ।

मधेश प्रदेशका बाढी प्रभावितहरुले हाल सम्म क्षतिपूर्ति पाउन सकेको छैन् ।प्रदेश सरकारले प्रभावितलाई राहत समेत उपलब्ध नगराएको उनले दुखेसो पोखे ।प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालयलाई धराशायी बनाएको उनले आरोप लगाए ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब