राममन्दिरमा तिलकोत्सव नहुने ! ‘एउटै बेहुलालाई दुई पटक तिलक चढ्दैन् ’ : महन्त रामतपेश्वर दास

  • मंसिर ५, २०८१ | ४३९ पटक पढिएको | सीमा संदेश
alt

अयोध्यामा भगवान रामको तिलकोत्सव गरिए लगतै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकी मन्दिरबाट राममन्दिरमा गरिने तिलकोत्सव नहुने बताएका छन् ।

सीताराम विवाहमहोत्सवको सात दिने कार्यक्रममा राममन्दिरमा तिलकोत्सव हुने कार्यक्रम पनि रहेको हुन्छ ।तर मिथिला परम्परा अनुसार एउटा बेहुलालाई एक पटक मात्र तिलक चढ्ने भएकाले दोह¥याएर तिलक चढाउन नमिल्ने महन्त दासको कथन छ । ‘जनकपुरधामबाट अयोध्याधाममै पुगेर मुख्यमन्त्री, मन्त्रीहरुले भगवानलाई तिलक चढाए’ उनले भने, अब जनकपुरधाममा फेरि तिलक चढाउनु मिथिला परम्परा र संस्कृति विपरीत हुनेछ ।

विगतमा जानकी मन्दिरबाट राममन्दिरमा तिलकको भार जाने गथ्र्यो ।भारसँगै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव महराज जनकको भूमिका निर्वाह गर्दै राममन्दिर परिसरमा पुगेपछि तिलकोत्सव समारोहको आयोजना गरिन्थ्यो ।त्यसमा भारतको अयोध्याबाट आउने जन्तीको पनि सहभागिता रहने गरेको थियो ।

जानकी मन्दिरमा जनकपुर टुडेसित मंगलवारको संवादमा महन्त वैष्णवले जानकी मन्दिरको सात दिने कायक्रम अन्तरगत राममन्दिरमा हुने तिलकोत्सव कार्यक्रम हटाएको बताए । ‘मठमन्दिरको परम्परालाई साधुसन्तले निरन्तरता दिने हो’ उनले भने, अयोध्यामा भएको तिलकोत्सवमा त्यहाँका कोही साधुसन्त थिएनन् ।

विश्वहिन्दू परिषद् धनुषाको नेतृत्वमा मुख्यमन्त्री सतीश कुमार सिंह, आधा दर्जन मन्त्री सहित सयौं जनकपुरधामवासी श्रद्धालुहरुको सहभागितामा अयोध्यामा सोमवार भगवान रामको तिलकोत्सव सम्पन्न भएको हो । अयोध्यामा राममन्दिर ट्रष्टका सचिव चम्पत्त राय र विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह पंकजलाई तिलक हस्तांतरणगरी मंगलवार सो टोली जनकपुरधाम फर्केको छ ।

विश्वहिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंहले आफ्नो व्यक्तिगत चाहना अनुसार जनकपुरधामबाट अयोध्यामा तिलक मगाएको बताइएको छ ।सिंह कुनै मठमन्दिरका साधुसन्त अथवा महन्त भने होइनन् । राममन्दिर ट्रष्टका सचिव चम्पत्त राय गत वर्ष भगवान रामललाको मूर्ति बनाउन नेपालको गण्डकी नदीबाट विशालकाय शालीग्राम मगाएका थिए ।

नेपालबाट शालीग्राम लिएर जाने कार्य पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरेका थिए ।जनकपुरधामबाट भव्य पूजा अर्चना गरी ठूलो तामझामका साथ अयोध्या पु¥याइएको त्यो शिला अलपत्र अवस्थामा छ ।चम्पत्त राय जनकपुरधाम र नेपालका केही नेताहरुसित व्यक्तिगत सम्बन्ध स्थापित गर्ने बाहेकको अधिकार प्राप्त व्यक्ति अयोध्यामा होइनन् ।

अयोध्यामा जानकीधाम स्थान छ ।जानकी मन्दिर जनकपुरधामको स्वामित्वमा रहेको सो स्थानबाट अयोध्याका सन्तमहन्तहरुसित सम्पर्क स्थापना र धार्मिक कार्यक्रमहरुको संयोजन गरिन्छ । भगवान राम अयोध्यामा बाल्यकाल मात्र बिताए ।त्यसपछि उनी गुरु विश्वामित्रसित शिक्षाका लागि वन प्रस्थान गरेका थिए ।

गुरु शिक्षाकै क्रममा उनी विश्वामित्रसित सीता स्वयंम्वर हेर्न भगवान राम भाई लखन सहित आएका थिए । जनकपुरधामस्थित पुष्पवाटिकामा गुरु विश्वामित्रको पूजाका लागि फुल टिप्ने क्रममा भगवतीसित आँखा जुधेको रामायणमा वर्णन गरिएको छ । सीता स्वयंरमा धनुष भंग गरेका भगवान राम मिथिलामै रहेकाले अयोध्याबाट जन्ती ल्याउन महराज जनकले ठाकुर(हजाम)मार्फत भोजपत्र(निम्तो)पठाएको रामायणमा उल्लेख रहेको महन्त दास बताउँछन् ।

भगवान राम र लखन सहित चारै दाजुभाईको विवाह एकै दिन भएको थियो । अयोध्याबाट महराज दशरथले भरत र सत्रुधन सहित जन्ती लिएर जनकपुरधाम आएका थिए ।महराज दशरथ स्नान गरेको पोखरी दशरथ तलाउ(महाराजसागर) र दशरथ मन्दिर जनकपुरधाममा अझै विद्यमान छ । अयोध्या तिलक लगिने कार्यको गौ संरक्षण मञ्च लगायत कयौं सन्तमहन्तहरुले विरोध गरेका थिए ।

अयोध्यामा गरिएको तिलकोत्सवमा जानकी मन्दिरका कुनै महन्तको सहभागिता थिएन् ।जनकपुरधाम र अयोध्याबाट साधुसन्तको सहभागिता नरहेको सो तिलकोत्सवले जनकपुरधाममा हुँदै आएको तिलकोत्सव समारोह प्रभावित भएको छ । मुख्यमन्त्री सिंहले आफ्नो भ्रमणले पर्यटन प्रवद्र्धन हुने दावी गरेपनि उनी स्वयं महत्वहीन भएको अवस्थामा कुनै प्रतिष्ठित सञ्चार माध्यमले कभरेज गरेको देखिएन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब