प्रहरीबाट भारतीय पर्यटक आतंकित ! भारतीय सवारी साधन लिएर दोस्रो पटक आउन चाहँदैनन

  • पुस १, २०८१ | ५१९ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा आउने भारतीय पर्यटकहरुसित प्रहरीले अवैध असुली गर्ने, दुव्र्यवहार गर्ने र कागजपत्र जाँच्ने नाममा अनावश्यक दुख दिने आरोप लाग्दै आएको छ । नेपालको सडकमा प्रहरी आतंक रहेको भारतीय सवारी चालकहरु त्रसित छन् । भारतीय सवारी साधन नेपालमा छिर्ने वितिकै प्रहरीहरुको गिद्धेदृष्टि पर्ने गरेको छ ।

राजमार्गमा भए भरका प्रहरी बिट, प्रहरी चौकी र ट्राफिक प्रहरीले सवारी साधनलाई रोक्ने गर्छन् । ठाउँ ठाउँमा अनावश्यक जाँचको नाममा सवारी साधन रोक्ने र अवैध असुली गर्ने आरोप भारतीय चालकहरुले लगाउने गरेका छन् । साना सवारी साधनमा परिवारसहित रहेको बेला प्रहरीले दुव्र्यवहार गरेको आरोप लाग्ने गरेको छ ।

नेपालमा लाग्ने अनेक ठूला मेलाहरुमा भारतीय सवारी साधन अवैध असुलीको ठूलो स्रोत प्रहरीका लागि हुने गरेको छ । प्रहरीले दिन दुखलाई सम्झदै कयौँ परिवार नेपालमा मोटर लिएर आउन रुचाउँदैनन् । भारतीय सवारी साधन नेपालमा प्रवेश गर्ने भन्सार नाकाहरुको संख्या गत वर्षदेखि घटाइएको छ । हाल एउटा जिल्लामा एकमात्र नाकाबाट सवारी साधनको आउजाउ स्वीकृति छ ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनको सम्पूर्ण रुपमा भन्सारमा चेक गरिन्छ । सबै कानुनी प्रक्रिया पूरा गरी नेपालमा प्रवेश गरेका भारतीय सवारी साधनले हरेक चेकपोष्ट, थानाहरुमा प्रहरीले रोक्ने गरेका छन् । पूर्वपश्चिम राजमार्गमा ठाउँठाउँमा गरिने छड्के जाँचमा भारतीय सवारी साधनहरुलाई रोक्ने र अवैध रकम लिने गरिन्छ ।

राजमार्गमा भारतीय सवारी साधनको धेरै ठाउँमा चेकजाँच गरिने भए पनि सरकारी राजस्व भने असुल हुँदैन । अवैध रुपमा रकम लिएर सवारी साधन छाड्ने गरिन्छ । नेपालमा सर्वाधिक भारतीय पर्यटक आउने गरेका छन् । तर उनीहरुले नै सर्वाधिक दुख पाउने गरेका छन् । मधेश प्रदेशमा भारतीय सवारी साधनसित अवैध असुली गर्नाले पर्यटकहरु दोहोरिने क्रम निकै कम रहेको व्यवसायीहरु बताउँछन् ।

देशमा पर्यटनलाई उद्योगको रुपमा विकसित गर्न सरकारले नीतिहरु बनाइरहेको छ । तर प्रहरीको कारण भारतीय पर्यटकहरु मोटरबाट दोहोरिएर नेपाल आउन चाहदैनन् । नेपालमा आउने भारतीय सवारी साधनको सबै कागजातहरुको जाँच सीमा क्षेत्रमा हुने गर्छ । नेपाली भन्सार र प्रहरीले सवारी साधन र त्यसमा सवार यात्रुहरुको कडा जाँचपछि सरकारी प्रक्रिया पूरा गरी मात्र प्रवेश दिइन्छ । तर भन्सारबाट छुटेर पाँच किलोमिटर नबढ्दै फेरि प्रहरीले रोकेर रकमा माग्ने गर्छन् ।

नियमित रुपमा पर्यटक बस लिएर आउने चालकहरुले हरेक ठाउँका लागि निश्चित रकम भन्सार क्षेत्रमै छुट्याएर राख्छन् । बाटोमा प्रहरीले रोक्ने स्थानहरु सवारी साधनको गतिलाई कम गरेर प्रहरीको हातमा रुपैयाँ दिने गर्छन् । तर यो एक ठाउँमा नभइ अनेकौँ ठाउँमा क्रम जारी रहने गरेको भारतीय चालकहरु बताउँछन् ।

मालवाहक ट्रक चालकहरुले पनि यस्तो समस्याको सामना गर्नु परिरहेको बताउँछन् । राजमार्गमा भारतीय सवारी साधनसित अवैध असुली व्यापक हुन थालेपछि मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी लालमणी आचार्यले सबै कागजात दुरुस्त हुँदा पनि अनेक निहुँमा अवैध असुली गर्ने प्रहरीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।

डीआईजी आचार्यले भारतीय नम्बरको सवारी साधनलाई हेर्ने वित्तिकै नियतबस दुःख दिने प्रहरीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन दिएका हुन् । ‘प्रहरीले गलत नियतले भारतीय पर्यटक चढेका सवारी साधन चेकजाँच गर्ने छैनन्’ उनले भने, यदी कसैले नियोजित रूपमा दुःख दिएको पाइएमा कडा कारबाही गरिने छ ।

होटेल तथा पर्यटन व्यवसायी संघ पर्सा र पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपको संयुक्त आयोजनामा वीरगञ्जमा आयोजित “पर्यटन सुरक्षा र प्रवर्द्धनमा पर्यटक प्रहरी, व्यवसायी र स्थानीयको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा डिआईजी आचार्यले भारतीय नम्बर प्लेटका सवारी साधनमा प्रहरीबाट कुनै किसिमको अवरोध नहुने बताए । भारतीय पर्यटक सवार सवारी साधनलाई अनाहकमा दुःख दिने गरेको होटेल तथा पर्यटन क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुले पटक पटक सम्बन्धित निकायमा गुनासो गर्दै आएका छन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब