पढाइ बन्द गरी कक्षा कोठामा राम पालको प्रवचन, विद्यार्थीद्वारा विरोध

  • फागुन १४, २०८१ | ५२४ पटक पढिएको | सीमा संदेश
alt

शिक्षा सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्ला स्थित एक माध्यामिक विद्यालयमा पढाई बन्द गरी गैर शिक्षकले धार्मिक प्रबचन दिन थालेपछि बिद्यार्थीले बिरोध गरेका छन् ।

कटहरियाका पूर्व शिक्षकद्वय लक्ष्मीनारायण यादव र रामाश्रे प्रसाद यादवले मंगलवार कटहरिया स्थित जनता माध्यामिक विद्यालयको कक्षा ११ को पढाइ बन्द गरी धार्मिक प्रवचन गरेका थिए । पूर्व शिक्षक यादवद्वयले यौन काण्डलगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन विताइरहेका राम पालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए । उनको प्रवचनको कारण अंग्रेजी र लेखा विषयको पढाइ हुन नसकेको कक्षा ११ मा अध्ययनरत एकजना बिद्यार्थीले बताएका छन् ।

यादवद्वयले आज कक्षा ११ बुधबार कक्षा १२ लगायतको कक्षामा प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का २ जना बिद्यार्थी इलाका प्रहरी कार्यालय कटहरियामा गएर सइ मुकेशकुमार सिंहकै यसबारे मौखिक गुनासो गरेका थिए । लगत्तै सइ सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादव लाई ईलाका प्रहरी कार्यालयमा बोलाएर गुनासो बारे कुरा राखेका थिए ।

प्रधानाध्यापक यादवले कक्षा ११ मा पढाउने एकजना शिक्षक लाई फोन गरी सम्पुर्ण जानकारी लिएर यस्तो गतिबिधि बारे आफूलाई पहिले देखि कुनै सूचना नरहेको बताएका थिए । अब आइन्दा देखी यस प्रकारको कुनै गतिबिधि बिद्यालय अथवा कक्षा कोठा भित्र कसैलाई गर्न नदिन सम्पूर्ण शिक्षक लाई उनले सई सिंहको रोहवरमा निर्देशन दिएका थिए ।

पछिल्लो समय रौतहटमा अवकास प्राप्त केही शिक्षकहरू राम पालको अनुवाई बनेर बिभिन्न विद्यालयको कक्षा कोठा भित्र प्रवेश गरी पढाई बन्द गरी प्रवचन दिनेगरेको गुनासो बढ्दै गएको छ । प्रवचनकर्ता अवकाश प्राप्त शिक्षकहरू अग्रज पाको उमेरका मानिस भएको कारणले विद्यालय प्रशासन मौन रहने गरेको कारण हजारौँ विद्यार्थीको भविष्य संग प्रत्यक्ष खेलवाड भईरहेको अभिभावकहरुले दुःखेसो पोखेका छन् ।

तथापि यस्तो गतिविधि नियन्त्रण गर्न शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, नागरिक समाज, जनप्रतिनिधि र स्थानीय प्रशासनको समेत ध्यान जानु जरुरी देखिन्छ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब