चिट चोर्न प्रयोग भएका ४६९ थान मोबाइल बरामद

  • चैत ११, २०८१ | ६६५ पटक पढिएको | सीमा संदेश
alt

माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आइतबारको परीक्षामा चिट चोर्न प्रयोग भएका ४ सय ६९ थान मोबाइल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक कुमार रायका अनुसार जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट चेकजाँचका क्रममा मोबाइल बरामद गरिएको छ ।

डीएसपी रायका अनुसार परीक्षार्थीहरूले आफ्नो शरीरमा मोबाइल लुकाई परीक्षा हलमा प्रवेश गराएको अवस्थामा चेकजाँच गर्दा ती मोबाइल बरामद भएका हुन् । परीक्षाको मर्यादा भंग गर्ने प्रयासमा संलग्न भएकाले ती मोबाइल नियन्त्रणमा लिइएको उनले बताए ।

यसै क्रममा परीक्षा निरीक्षकका रूपमा खटिएका २ जना गार्डहरूलाई पनि चिट चोर्न मद्दत गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । गार्डहरूले परीक्षार्थीहरूलाई मोबाइल पास गराउने, उत्तर बोलेर लेखाउने जस्ता कार्यमा संलग्न रहेको खुलासा भएको छ ।

यसअघि पनि परीक्षाको पहिलो दुई दिनमा मात्रै ७ सय ६४ थान मोबाइल बरामद गरिएको थियो ।

हालसम्म बरामद गरिएका सबै मोबाइल प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी रायले जानकारी दिएका छन् । प्रहरीले परीक्षा सुरक्षामा कडाइ गर्दै चिट चोर्नेजस्ता अनियमितता रोक्न विशेष निगरानी बढाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब