एसइईमा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित

  • चैत १३, २०८१ | ५७९ पटक पढिएको | सीमा संदेश
alt

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा झन्डै आठ हजार विद्यार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ७ चैतदेखि सुरु परीक्षामा अनुपस्थित विद्यार्थीको संख्या सात हजार ८७९ पुगेको छ । 

यस वर्ष एसइईमा सहभागी हुन फारम भर्ने र प्रवेश–पत्र लिने विद्यार्थीको संख्या पाँच लाख १४ हजार ७१ थियो । पहिलो दिन ७ चैतमा अनुपस्थित विद्यार्थी संख्या खोज्दा ठुलो संख्यामा विद्यार्थी परीक्षा दिन नआएको देखिएको बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । 

उनका अनुसार अनुपस्थित हुने मुख्य कारण रोजगार, स्वास्थ्य समस्या, घरायसी बाध्यता तथा विदेश पलायन हुन् । कतिपय विद्यार्थी पढाइमा रुचि नभएर वा परीक्षा दिन आलस्य गरेर पनि अनुपस्थित हुने गरेको पौडेलले बताए । 

‘हामीले यो तथ्यांक पहिलो दिनको आधारमा तयार गरेका हौँ । प्रत्येक जिल्लाबाट प्राप्त तथ्यांकलाई एकीकृत गरी विश्लेषण गरेका छौँ । देशभरका परीक्षा केन्द्रमा फारम भरी प्रवेश–पत्र लिएका सात हजार ८७९ विद्यार्थी परीक्षामा सामेल भएनन्,’ उनले भने, ‘उनीहरू अनुपस्थित हुनुको धेरै कारण हुन सक्छन् । केही विद्यार्थी बिरामी र केही पारिवारिक कारणले आएनन् । कोही रोजगारीको सिलसिलामा विदेश गएका कारण परीक्षामा सामेल हुन सकेनन् भने केही विद्यार्थीमा परीक्षा दिन अल्छी लाग्ने प्रवृत्ति पनि देखियो ।’

बोर्डका अनुसार यसपटक सबै विषयतर्फ गरी ७६ हजार हजार ८६ विद्यार्थीले पूरक परीक्षाका लागि फारम भरेका थिए । तर, त्यसमध्ये ११ प्रतिशत अर्थात् दुई हजार १५ अनुपस्थित भएका छन् । पूरक विद्यार्थीमध्ये धेरैजसो रोजगारमा पनि लागेका कारण उनीहरू परीक्षा दिन नआएको हुन सक्ने बुझिएको छ । 

यसपटकको परीक्षामा प्राविधिक धारतर्फ १६ हजार ९४७ विद्यार्थी सहभागी भएकोमा ३२६ जना विद्यार्थी अनुपस्थित छन् । बोर्डका परीक्षा नियन्त्रक पौडेलले यो संख्या निकै थोरै र सामान्य रहेको बताए । गत वर्ष एसइईमा आठ हजार विद्यार्थी अनुपस्थित थिए । 

१९ जना निरीक्षक र दुईजना केन्द्राध्यक्षमाथि कारबाही 
पछिल्लो समय एसइई परीक्षा अव्यवस्थित बन्दै गएको छ । परीक्षामा विभिन्न अमर्यादित गतिविधि भइरहेका छन् भन्ने बोर्डले जनाएको छ । कतिपय स्थानमा विद्यार्थीले खुलेआम चिट चोर्ने, मोबाइल प्रयोग गर्ने, नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने तथा राजनीतिक पहुँचका आधारमा परीक्षा केन्द्र तोक्न दबाब दिनेजस्ता घटना भएका छन् । हालसम्म विभिन्न परीक्षा केन्द्रहरूबाट ७८ वटा मोबाइल जफत गरिएका छन् । यस्तै, १९ जना परीक्षा निरीक्षक कारबाहीमा परेका छन् भने दुईजना केन्द्राध्यक्ष निष्कासनमा परेका छन् । साथै, एकजना विद्यार्थीलाई पनि निष्कासन गरिएको छ भने एकजना नक्कली परीक्षार्थीसमेत फेला परेका छन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब