शिक्षकद्धारा छात्र माथि निर्घात कुटपीट, कुटपीटगर्ने शिक्षक प्रहरी खोरमा

  • वैशाख २६, २०८२ | ३३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निजी विद्यालय एपेक्स विद्या मन्दिरमा अध्यनरत एक विद्यार्थीलाई शिक्षकले निर्घात कुटपीट गरेको छ। कक्षा ८ मा अध्यनरत नरहा गाउँपलिका ३ खोरीयाका सुरेश यादवका छोरा १३ वर्षीय छोरा अभिनाशलाई  विद्यालयका शिक्षक सन्तोष गुप्ताले मरनासन्न हुनेगरी कुटपीट गरेको हो। 

कक्षामा पढाईरहेका शिक्षक गुप्ताले छात्र अभिनाशलाई विनाकारण अर्को कोठामा थुनेर बाँसको लाठिले निर्घात कुटपीट गरेको अभिभावकले जनाएको छ। उनको शरिरको सम्पूर्ण भागमा चोट लागेको छ अभिनाशको अहिले गोलबजारस्थित बर्धमान अस्पतालमा उपचार भईरहेको छ। अस्पतालले अहिले प्राम्भिक चरणको उपचार भईरहेको जनाएको छ। 

अभिनासका अभिभावकले कुटपीट गर्नेशिक्षक लाई कडाभन्दा कडा कार्वाही गर्नुपर्ने माँग गरेको छ। 

विद्यार्थीलाई निर्घात कुटपीट गर्ने शिक्षक सन्तोष गुप्तालाई इलाका प्रहरी कार्यालयले पक्राउ गरेकोे छ। कुटपीटमा संलगन शिक्षकमाथि कानून बमोजिम कारवाही हुने प्रहरीको भनाई रहेको छ।

घटनाबारे बुझ्न विद्यालयका प्रिन्सिपल विजय महतोलाई सम्पर्क गरेपनि उनीसँग फोन सम्पर्क हुन सकेन। 

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब