अनुसन्धानको क्रममा मध्य पाषण युगको हतियार फेला

  • जेठ १२, २०८२ | ७७४ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित पाटु, राई मण्डल क्षेत्रमा पुरातात्विक अध्ययन थालिएको जनाइएको छ । प्राचीन मानव इतिहासमा प्रयोग भएका हतियार (ढुंगे औजारहरू) सो क्षेत्रमा रहेको तथ्य फेला परेसँगै उक्त क्षेत्रको महत्वलाई थप उजागर गर्न नगरपालिकाले अनुसन्धान शुरु गरेको छ ।

पुरातत्व विभागका विज्ञहरूको टोलीले शनिबारबाट सो पाटु राई मण्डल क्षेत्रको अनुसन्धान थालेको नगरपालिकाका संस्कृति तथा पर्यटन प्रवद्र्धन समितिका सदस्य सचिव दिपेश काफ्लेले जनाए । बर्दिबासमा पुरातात्विक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्ने उद्देश्यले विज्ञहरूको टोलीलाई अध्ययन गर्न नगरपालिकाले समन्वय गरिरहेको उनले बताए ।

पुरातत्वविद् भास्कर ज्ञवाली र डा. मञ्जील हजारीको नेतृत्वको टोली अहिले बर्दिबास–३ स्थित पाटु, रातु र राई मण्डल क्षेत्रमा मध्य पाषण युगका ढुंगे औजारहरू संकलन तथा अध्ययन गरिरहेको छ । अबको करिब १० दिन सो क्षेत्र र प्राप्त औजारहरूको अवलोकन, अध्ययन र अनुसन्धान गरिने भास्कर ज्ञवालीले बताए । उनले धेरै अनुसन्धानकर्ताहरूले उक्त क्षेत्रको अध्ययन अनुसन्धान गरी प्रतिवेदन, किताब प्रकाशन गरिसकेका र उक्त क्षेत्रका ढुंगे औजारहरू पुरातत्व विभागको प्रदर्शनीमा समेत राखिएकाले उक्त क्षेत्रको थप विस्तृत अध्ययन थालिएको बताए ।

जर्मन अनुसन्धानकर्ता गुडन कार्विन्सले १९८० को दशकमा तराईका विभिन्न भूभागहरूमा मानव सभ्यताको अध्ययन गरी ‘प्रि हिस्टोरिक कल्चर्स इन नेपाल’ नामक किताब प्रकाशन गरेर महोत्तरीको पाटु राई मण्डल क्षेत्रलाई मध्य पाषण युगको हतियार निर्माण हुने स्थल भनेर चिनाएकी छन् ।

उनीसँगै विभिन्न अध्ययनकर्ताहरूको प्रतिवेदनले पाटु र राई मण्डल क्षेत्रलाई बर्दिबास नगरपालिकाको ऐतिहासिक तथा पुरातात्त्विक र पर्यटकीय दृष्टिले विशेष महत्वको ठाउँ भनेर परिभाषित गरेको छ । विगत केही वर्षदेखि सो क्षेत्रको महत्वबारे चर्चा शुरु भएको छ ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब