एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

  • असार १३, २०८२ | ४२४ पटक पढिएको | सीमा संदेश
alt

गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ ।  

परीक्षा लगत्तै शिक्षकहरुको लामो आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सकिएको तीन महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो । भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णय गरेलगत्तै पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिएको हो ।  

पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुल परीक्षर्थीमध्ये एक लाख ६७ हजार ५९७ जना ननग्रेडेड भएको जानकारी दिए । उनका अनुसार, गत वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको उल्लेख गरे । शर्माले अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब १३ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएको जानकारी दिँदै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।  

यो वर्ष ३.६ देखि ४ जीपीए अर्थात् ए प्लस ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको शर्माले बताए । यस्तै ३.२ देखि ३.६ जीपीए अर्थात् ए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीए अर्थात् बी प्लस ल्याउने विद्यार्थीको संख्या ८९ हजार १२४, २.४ देखि २.८ जीपीए अर्थात् बी ल्याउने विद्यार्थीको संख्या ४८ हजार ४७९, २.० देखि २.४ जीपीए अर्थात् सी प्लस ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ र १.६ देखि २.० जीपीए अर्थात् सी ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको बोर्डले जानकारी दियो । 

प्रदेशगत रुपमा बागमती प्रदेशबाट यो वर्ष १ लाख १९ हजार ५१७ जना ग्रेडेड भएका छन् । कोशीबाट ४७ हजार ८३५, मधेशबाट ५९ हजार ७४९ र गण्डकी प्रदेशबाट ४७ हजार ८४९ जना ग्रेडेड भएका छन् । बोर्डका अध्यक्ष शर्माका अनुसार, लुम्बिनीबाट ५७ हजार ६८७, कर्णालीबाट ४६ हजार ४५५ र सूदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ जना वर्गीकृत भएका छन् ।  

यो पनि पढ्नुहोस्

एसइईमा सबैभन्दा धेरै गणित विषयमा 'ननग्रेडेड'

२०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । यो वर्षको परीक्षामा नियमित र ग्रेड वृद्धितर्फ गरी जम्मा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । 

१२६ जनाको परीक्षा रद्द गरिएको बताउँदै अध्यक्ष शर्माले यहीँ साउन २९ गतेदेखि ग्रेडवृद्धिका लागि परीक्षा सञ्चालन गर्ने तयारी भएको बताए । उनका अनुसार, यो वर्षपनि सबै परीक्षाको परीक्षा दिन सकिने छ ।  

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब