मधेशसहितका दर्जनौँ औषधि पसल बन्द !

  • असोज १४, २०८२ | ३०३ पटक पढिएको | सीमा संदेश
alt

गत आर्थिक वर्षमा १ सय ५६ औषधि पसल बन्द गरेको औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले जनाएको छ । दर्ता प्रक्रियामा नआएका र अन्य कैफियत देखिएका पसल बन्द गरिएको जनाइएको छ । गत आर्थिक वर्षमै कार्यालयले एक सय २२ औषधि पसललाई निलम्बनसमेत गरेको जनाइएको छ ।

कार्यालय प्रमुख शम्भु साहले अनुगनम टोलीले मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लामा कारबाही गरेको जानकारी दिए । अनुगमनका क्रममा फार्मेसी निलम्बन गरिएका १ सय २२ मध्ये २ थोक बिक्रेता, आठ विभिन्न अस्पतालले सञ्चालन गरेका र १ सय १२ समुदायले चलाएका औषधि पसल रहेका थिए । अनुगमनपछि ७ अस्पतालका र ५ सामुदायिक गरी १२ औषधि पसल दर्ता हुन आएको उनले बताए ।

गत आर्थिक वर्षमा भएको अनुगमनको क्रममा ९२ वटा औषधि पसल दर्ता नभएको पाइएको थियो । १ सय ८३ मा व्यवसायी/फर्मासिस्ट अनुपस्थित रहेको तथा १ थोक, ७ अस्पतालका र १ सय २ गरी १ सय १० पसलबाट दर्ता नभएका औषधि बरामद भएका थिए । त्यसैगरी, ७६ औषधि पसलबाट लागु तथा मनोद्दीपक औषधिको रेकर्ड नराखिएको, ३३ पसलमा उचित तापक्रममा भ्याक्सिन सञ्चय नगरिएको, १३ पसलमा म्याद नाघेका औषधि सञ्चय गरिएको र ७ पसलमा ‘ फिजिसियन सेम्पल’ औषधि बरामद भएको उनले बताए ।

गत आर्थिक वर्षमा कार्यालयले ४ सय ५० फार्मेसी निरीक्षणको लक्ष्य राखेकामा लक्ष्यभन्दा ८ प्रतिशत बढी अर्थात ४ सय ८६ फार्मेसी अर्थात औषधि पसलको निरीक्षण गर्न सफलता मिलेको प्रमुख साहले बताए । तीमध्ये ४ सय ३१ एलोप्याथिक, २५ आयुर्वेदिक, २७ भेटेरिनरी, ३ होमियोप्याथिक औषधि पसलको निरीक्षण गरिएको देखिएको छ ।

उक्त कार्यालयले गत आर्थिक वर्षमा अनियमित रुपमा औषधिको कारोबार गर्ने १५ व्यक्ति÷संस्था उपर मुद्दा दर्ता गरेको छ । कानुनविपरीत सञ्चालित ३५ औषधि पसलका बारेमा उजुरी परेपछि तीमध्ये १७ उजुरी फछ्र्योट गरिएको उनले बताए । मधेश प्रदेशका सप्तरी र सिरहाबाहेक ६ जिल्ला तथा बागमतीका चितवन, मकवानपुर र सिन्धुली गरी ९ जिल्ला यस कार्यालयको कार्यक्षेत्र रहेको छ ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब