अब कुकुरको दिसामा पनि कर, दिसाबाटै पत्ता लगाइनेछ मालिक !

  • असोज २२, २०८२ | ४७३ पटक पढिएको | सीमा संदेश
alt

इटालीको एक सहरमा कुकुरको दिसामा कर लगाइँदैछ । उक्त कर त्यहाँ आउने पर्यटक कुकुरमािथ पनि लाग्नेछ ।

अर्थात् अन्य देश वा सहरबाट त्यहाँ पुग्ने पर्यटकले आफूसँग घरपालुवा कुकुर वा छाउराहरु लगेमा त्यसबापत समेत कर तिर्नुपर्नेछ ।

उक्त कानून एक विवादास्पद आदेशपश्चात् ल्याउन थालिएको हो । जस अन्तरगत कुकुरको दिसाबाटै उसको मालिकको पत्ता लगाइनेछ । यसका लागि कुकुर मालिकले आफ्नो कुकुरको डिएनए परीक्षण गराउनुपर्नेछ ।

न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्ट अनुसार इटालीको बोलजानेमा अधिकारीहरुले कुकरमाथि कर लगाउने प्रस्ताव अघि सारेका हुन् । तर त्यस्तो प्रस्तावप्रति पशु अधिकारकर्मीहरु निकै आक्रोसित भएका छन् । कुकुरमाथिको यस्तो कर निकै अगाडि नै अन्त्य भईसकेको उनीहरुको दाबी छ ।

स्मरण रहोस् उक्त सहरमा त्यस्तो कुकुर कर यसअघि पनि थियो, जुन सन् २००८ मा खारेज भएको थियो । जसलाई पुनः लागू गर्ने प्रयास गरिएको हो ।

कुकुरको दिसा पत्ता लगाउन डिएनए टेस्ट

घरपालुवा कुकुरमाथि कर लगाउने प्रस्ताव वास्तवमा कुकुरसँग सम्बन्धित विवादास्पद आदेश पछि आएको हो । यसमा कुकुरको दिसाको श्रोत पत्ता लगाउनका लागि डिएनए परीक्षण गराउनु अनिवार्य गरिएको छ ।

त्यहाँका प्रान्तीय परिषद सदस्य लुइस वाल्चरका अनुसार पहिलेदेखि नै डिएनए टेस्टमा पञ्जीर्कत कुकुर मालिकलाई चाहीँ दुई वर्षसम्म त्यस्तो कर छुट हुनेछ । कुकुरको दिसाबापतको शुल्क उठाउने अवधारणा उनै वाल्चरले अघि सारेका हुन् ।

प्रस्तावित नगर कानून अनुसार उक्त सहरमा आफ्नो घरपालुवा कुकुर ल्याउनका लागि दैनिक डेढ युरो शुल्क तिर्नुपर्नेछ ।

सो प्रस्ताविक कानून आगामी वर्ष सन् २०२६ बाट लागू गरिनेछ। त्यस अन्तरगत स्थानीय बासिन्दाहरुले कुकुर पालेबापत प्रतिवर्ष १ सय युरो शुल्क तिर्नुपर्नेछ ।

सहरको फूटपाथको सरसफाइँ गर्नु पूरै समाजको जिम्मेवारी भएको प्रान्तीय पार्षद वाल्चर बताउँछन् । उनी भन्छन्ः हाम्रो सहरका सडकमा फोहोर केवल कुकुरको दिसाका कारण हुन्छ । यदि यो कानून पारित भएमा आयको केही हिस्सा कुकुरको दिसाले भरिएका सडकको सफाइमा खर्च गरिनेछ, जुन निकै गम्भीर समस्याको रुपमा रहेको छ ।

साथै कुकुरहरु र कुकुरपालकका लागि विशेष रुपमा नयाँ पार्कहरु निर्माणमा समेत लगानी गर्ने योजना उनको छ ।

इटालीको बोलजाने सहरमा ल्याउन थालिएको नयाँ कुकुर करले घरपालुवा कुकुर राख्ने सहरबासीलाई जिम्मेवार बनाउन र कुकुरको फोहोरका कारण उत्पन्न हुने समस्या समाधानमा सहयोग पूराउने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब