नेपालमा कम्युनिष्ट समाजवाद किन आउन सक्दैन ?

  • मंसिर १९, २०८२ | २१६ पटक पढिएको | गिरेन्द्र जर्घा मगर
alt

कम्युनिज्म एउटा विचारधारा हो।यो राजनीतिक र आर्थिक विचारधारा  हो। यो विचारधारा मार्क्सको सिद्धान्तमा आधारित विचारधारा हो।।मार्क्सको समाजवादी विचारधारालाई नै मार्क्सवाद भनिन्छ।कम्युनिष्टको आदर्श समाजवाद हो भने समाजवादको विचारधारालाई स्वीकार गर्न नसक्ने कम्युनिस्ट हुनै सक्दैन। त्यसैले कम्युनिष्टहरू नै मार्क्सवादी हुन भन्दा दुविधा नहोला मार्क्सवाद कम्युनिष्टहरूको मार्ग निर्देशक सिद्धान्त पनि हो।
१८४८ मा मार्क्स र इंगेलसद्वारा लेखिएको पुस्तक ' कम्युनिस्ट घोषणपत्र ' विश्वको कम्युनिस्ट आन्दोलनको दस्तावेज हो जसले संसारका मजदुरहरु एक जुट भई बुर्जुवा पुँजीवादलाई अन्त्य गरी वर्गविहीन समाजको स्थापना गर्ने र निजी सम्पति नरहने भन्ने मूल आशय हो।मार्क्सवादी दृष्टिकोण अनुसार जुन बेला पूँजीवाद चरम उत्कर्षमा पुग्छ त्यसले क्राइसिस उत्पन्न हुन्छ जस्ले गर्दा समाजवाद आउँछ।यसको अर्थ कम्युनिष्टहरूको संघर्ष र पुँजीवादमा संकट वा कन्त्रादिक्सानले गर्दा समाजवादको परिवेश तैयार हुन्छ र पुँजीवादी व्यवस्था आफै समाप्त भएर जान्छ भन्ने हो।
 
१९१७ मा सोभियत रुसमा लेनिनले आफ्नो नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि विश्वमा पहिलो पटक  कम्युनिस्ट समाजवाद स्थापना गरे।यसले मार्क्सवाद सिद्धान्तलाई वास्तविक व्यवहारमा ल्याउन सफल भए ।यस क्रान्तिले विश्वमा नयाँ संदेश के दियो भने  सर्वहारा मजदुर वर्गले पनि क्रान्ति मार्फत आफ्नो सत्ता ल्याउन सकिन्छ भन्ने आशा जगाई दियो ।त्यसपछि।विश्वका धेरै मुलुकहरूमा समाजवादको लहर आयो।समाजवाद लोकप्रिय व्यवस्था भयो।हंगेरी,रोमानिया,बुल्गेरिया,पूर्वी जर्मन ,पोल्याण्ड जस्ता धेरै देशहरूमा कम्युनिष्टहरूको समाजवाद स्थापित भयो।त्यसैगरी १९४९ मा माओको नेतृत्वमा चीनमा दिर्घकालिन सशत्र जन्युद्धम्मर्फत गणतन्त्र चीनको स्थापना गरी कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्याएका थिए।भारतमा चारु माजुम्दर नेतृत्वको नक्सलवादी विद्रोहको उद्येश्य कम्युनिस्ट स्थापनाको लागि भएको  थियो।नेपालमा त्यसैको प्रभावले २०२७/२८ तिर झापा विद्रोह जसलाई किसान आन्दोलनले चिनिन्छ जसको नेतृत्व सी पी मैनालीले गरे।त्यसबाट मालेको जन्म भयो र अहिले त्यसैको विकसित नेपाल कम्युनिस्ट पार्टी एमाले  बन्यो।त्यसरी नै चौथो  माजधिवेसँ बाट मसाल हुँदै माओवादी जसले दश सशत्र जनयुद्ध गरेका थिए।
 
नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको सात दसकमा धेरै उतारचढाव फुट र जुटको संघर्ष बाट अगाडि बढिरहेको देखिन्छ।हुन् त नेपालको राजनीतिक इतिहासमा देश र जनताको लागि  कम्युनिस्ट पार्टीहरूले गरेको योगदान अतुलनीय  छ।कम्युनिस्ट पार्टीहरू केबल पार्टी मात्र होइन बरु एउटा लोकतन्त्रको पर्याय पनि हो।बहुदलीय प्रजातन्त्र पछि संसदीय व्यवस्थामा कम्युनिस्टहरूको बहुमत,सडक र संघर्षमा कम्युनिष्टहरू,प्रतिपक्षको भूमिकामा कम्युनिस्टहरु समाजवाद नामले खुलेका पार्टीहरू धेरै छन् जसले आफूलाई समाजवादी पार्टी  समाजवादको लक्ष्य बोकेको भनी कहलाउन खोज्ने तर यति हद हुँदै  दुर्भाग्यका साथ भन्नुपर्छ किन नेपालमा कम्युनिष्ट समाजवाद स्थापना हुन सकी रहेको छैन त?जबकि नेपालको संविधान २०७२ ले समाजवाद उन्मुख राष्ट्रको कल्पना गरेको भएपनि किन यसबारेमा ध्यान दिन सकिएन ?
 
समाजवादको पक्षधर कांग्रेस पनि हो तर त्यो बेलायतको लेबोर पार्टी र भारतको कांग्रेसले लिएको लोकतान्त्रिक समाजवादको  फोटोकपी भन्न सकिन्छ जसको आदर्श मार्क्सवाद होइन ।यसले पूँजीवाद लाई नै सहयोग पुर्याउँछ। यो लोकतान्त्रिक समाजवादको  सिद्धान्त नीति मै आधारभूत रूपले कम्युनिस्टको समाजवाद भन्दा फरक छ । 
 
आखिरी किन कम्युनिस्ट समाजवाद ल्याउन सकिँदैन? कारण के होला ? यसका संभावित कारणहरू के हुन् सक्लान्? पहिलो, राजनीतिक अस्थिरता- सत्ता र शक्ति का लागि कम्युनिष्टहरू आन्तरिक विभाजन हुने  , स्थिर सरकार हुन नदिने सत्ता प्राप्तिको लागि जस्तो सुकै सम्झौता गर्न तयार हुने , जनता र देशलाई केन्द्रमा राखेर राजनीति गर्न नसक्नु।  दलहरुमा दलाल पुँजीवादी मानसिकताले ग्रसित हुनु , पूँजीवाद र नव उदारवादको प्रभब हुनु समाजवादी नीति तथा कार्यक्रमहरु तिनै तह स्थानीय प्रदेश र संघले ल्याउन नसक्नु,स्पट दृष्टिकोणको अभाव, गरीब ,सीमान्तीकृत समुदाय,पछाडि पारिएका वर्गहरुक,विपन्न समुदाय दलित,महिला,मुस्लिम जस्ता बर्गहरुका  हितका उत्थानका लागि कर्यकम्हरु ,शिक्षा श्वास्थ रोजगार जस्ता मौलिक हकलाई उच्च प्राथमिकतामा राखेर त्यसलाई कार्यान्वयनमा जोड दिन नसक्नु ,समाजवादी उन्मुख आर्थिक नीतिहरु बनाउन नसक्नु  भूमि सम्बन्धी  समाजवादी कार्यक्रम ल्याउन नसक्नु,बहुदलीय संसद कम्युनिष्टहरूको अनुकूल नहुनु , नेपालको राजनीतिमा बहिय शक्तिको हस्तक्षेप,भूराजनीतिक दवाव,व्यापक भ्रष्टाचार,ब्युरोक्रेसी हावी हुनु समाजवादको लागि आवस्यक परिवेश तैयार नहुनु जस्ता कारणहरूले गर्दा  कम्युनिस्ट समाजवाद ल्याउन धेरै चुनौतीहरू रहेका छन ।
 
त्यसैले अब कम्युनिष्टहरूले आफूलाई गतिशील बनाउने हो भने आफू रूपान्तरित हुन जरुरी छ।परिवर्तनको पक्षमा उभिन सक्नु पर्छ समाजवादी क्रान्तिको लागि तयार हुनु पर्छ। समयको माग लाई बुझ्न सनु पर्छ । फुटेर होइन एकजुट भएर हातमाहात काध्माकाध मिलाएर अघिबढे पछि मात्र कम्युनिस्ट समाजवाद सम्भव छुन्छ। जय जन्मभूमि!,धन्यवाद।

कमला पुल असारभित्रै सञ्चालनमा आउने

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदी पुलको पुनःनिर्म ...

जनमतमा असन्तुष्टि बढ्दो !

जनमत पार्टीको समानुपातिक बन्दसूचीबाट हट्नका लागि एकैपटक ...

पुस २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस ...

ठगी रकम फिर्ता नै सरकारको करवाही हो ?

भूमिहिन सुकुम्बासीलाई लालपुर्जा दिने भनि अवैधानिक रुपमा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब