मंगल ग्रहको परिक्रमा गरिरहेको माभेन अन्तरिक्ष यान नासासँग सम्पर्क विच्छेद

  • मंसिर २५, २०८२ | ४४४ पटक पढिएको | सीमा संदेश
alt

एक दशकभन्दा बढी समयदेखि मंगल ग्रहको परिक्रमा गरिरहेको नासाको महत्त्वपूर्ण अन्तरिक्ष यान माभेन सँग नासाको सम्पर्क टुटेको छ। सप्ताहन्तमा यानले अचानक ग्राउन्ड स्टेशनहरूसँग सम्पर्क गर्न बन्द गरेको हो।    

नासाका अनुसार रातो ग्रहको पछाडि जानुअघि यानले राम्रोसँग काम गरिरहेको थियो। तर अर्कोतर्फबाट फर्केर आउँदा त्यहाँबाट कुनै सङ्केत प्राप्त नभएको जनाएको छ। सन् २०१३ मा प्रक्षेपण गरिएको माभेनले मंगलग्रहको माथिल्लो वायुमण्डल र सौर्य हावासँगको यसको अन्तरक्रियाको गहिरो अध्ययन गर्दै आएको थियो।              

मंगल ग्रहले युगौंदेखि आफ्नो अधिकांश वायुमण्डल अन्तरिक्षमा  गुमाएको छ। यसका लागि सूर्यको विकिरण र सौर्य हावालाई दोष दिइएको छ। जसले ग्रहलाई कुनै समयको ओसिलो र न्यानो संसारबाट आजको सुख्खा र चिसो अवस्थामा पु-याएको  छ।        

सन् २००५ र २००१ मा प्रक्षेपण गरिएको  मार्स रिकनेसान्स अर्बिटर र मार्स पछि ओडीसी दुई अन्तरिक्ष यानहरू  मंगल ग्रह वरिपरि अझै पनि सक्रिय रहेको नासाले जनाएको छ। एजेन्सी

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब