डेमोक्रेसीको गर्भबाट जन्मिएका डेमागागहरु

  • पुस २७, २०८२ | १३३ पटक पढिएको | सीमा संदेश
alt

नेपालीमा डेमोक्रेसीको अर्थ लोकतन्त्र  हुन्छ । लोकतन्त्र  भनेको जनताको शासन  हो ।  लोकतन्त्रमा जनताले आफ्ना  प्रतिनिधिहरू छनौट गर्ने  र ती  प्रतिनिधिहरूले जनताको भावना इच्छा अनुसार  उनीहरूको हितमा काम गर्छन्  । अर्थात्  ती प्रतिनिधिहरूले जनताको नाममा शासन सञ्चल गर्दछनं ।  त्यसैले   लोकतन्त्र भनेको जनताको जनताद्वारा लान्तको लागि गरिने शासन हो ।

यो अमेरिकन राष्ट्रपति अब्राहम लिंकनको विश्व प्रसिद्ध भनाइ हो जसलाई लोकतन्त्रको सारको रूपमा बुझ्न सकिन्छ । लोकतन्त्रलाई प्रजातन्त्र वा जनतन्त्र पनि भन्ने गरिन्छ। विश्वमा लोकतन्त्रको अभ्यास झण्डै २५०० वर्ष पहिले  प्राचीन ग्रीस को एथेन्स बाट शुरू भएको बुझिन्छ । पछि फ्रान्स बेलायत अमेरिका जस्ता देशहरूवाट विकसित हुँदै विश्वभर फैलियो । 

अन्य धेरै शासन प्रणालीहरु  मध्ये लोकतन्त्र  लोकप्रिय शासन व्यवस्था हो  । किनकी यसमा जनताले आफ्नो भविष्यको निर्णय आफै गर्छन् ।   जनतालाई अधिकार र शक्ति दिइन्छ । व्यक्तिको स्वतन्त्रता, समानता, जस्ता अधिकारलाई महत्व दिएको हुन्छ  । जनताको भोट लाई सार्वभौम प्रतीकको रूपमा लिइन्छ।

त्यसकारण लोकतन्त्र भन्ने बितिकै २१ औं सताब्दीमा उत्कृष्ट शासन प्रणाली हो भनेर बुझ्न सकिन्छ । नेपालमा  लोकतन्त्र अभ्यासको प्रारम्भ  भने २००७ सालको लोकतान्त्रिक क्रान्ति बाट भएको थियो जसले १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्य गरेको थियो । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले लोकतन्त्रलाई निमोठ्ने काम गरे।

 झण्डै ३० वर्ष सम्म निरंकुश वेवस्था लागू भयो ।  पुन लोकतन्त्र प्राप्तिका लागि  २०४६ सालमा पहिलो एतिहासिक जनआन्दोलन भयो । पुन लोकतन्त्र प्राप्ति भएता पनि वास्तविक लोकतन्त्र भने २०६२÷६३ को आन्दोलन को तागत मार्फत  राजतन्त्रको अन्त्य सँगै २०६५ जेठ १५  मा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भए पछि अस्तित्वमा आएको थियो ।

लोकतन्त्र भनेको पारदर्शिता हो । लोकतन्त्र त्यतिबेला बलियो हुन्छ  जतिबेला जनताले सम्पूर्ण हक अधिकार प्राप्त गर्दछ । जनता आफ्ना मागहरु पूरा नभएको खण्डमा सदन र सडक बाट संघर्ष र आन्दोलन गर्दा सरकारले उचित र आवस्यक डिमान्ड लाई आफ्नो क्षमता अनुसार पूरा गर्नु उसको दाइत्व हो । यो नै लोकतन्त्रको सुन्दर पक्ष हो । 

निर्वाचन राजनीतिक प्रतिनिधि छनौट गर्ने प्रणाली हो । निर्वाचन आम जनताको अभिमत प्रकट गर्ने माध्यम पनि हो । निर्वाचनमा बहुमत प्राप्त दल ले सरकार सञ्चालन गर्ने र अल्पमत दलहरुले प्रतिपक्षको भूमिका निर्वाह गर्ने र सरकारलाई आवस्यक सहयोग गर्ने गर्छ । त्यसै गरी सरकारले पनि  प्रतिपक्षलाई सम्मान गर्नु लोकतान्त्रिक अभ्यास हो ।त्यसैले निर्वाचनलाई  लोकतन्त्रको प्राण हो भन्न सकिन्छ । तर यदि लोकतन्त्रमा पारदर्शिता जवाफदेहिता, उत्तरदायित्व,सुशासन, न्याय,  कानुनी शासन भएन भने  यो कमजोर हुन्छ । यसको अवसान हुन्छ ।

राजनीति भनेको स्पस्ट विचारधारा , दिष्ट्रीकोन ,नीति,सिद्धान्त ,एजेण्डा, कार्यक्रम पैरवी गर्ने संस्था हो । राजनीति  मुलुकको भबिस्य निर्धारण गर्ने क्षेत्र हो ।यदि यसले सही दिशा निर्देश गर्न सकेन भने स्वभाविक रूपले यसको असर सामाजिक ,आर्थिक ,सांस्कृतिक लगायत अन्य क्षेत्रमा पनि पर्दछ । राजनीतिक दलहरुले जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गर्नु आवस्यक  हुन्छ । जनतालाई सार्वभौम सम्पन्न बनाउन सक्नु पर्छ । जनतालाई डेलिभरी दिनसक्नु पर्छ। प्रणालीलाई बलियो बनाउने र संस्थाको विश्वसनीयतालाई बढाउने काम गर्नु पर्छ । राजनीति दलतन्त्र हुनु हुँदैन । दलहरुमा आन्तरिक लोकतन्त्र आवस्यक हुन्छ ।

सामान्यतया लोकतन्त्र भनेको राम्रो हो भन्ने बुझाइ छ । लोकतन्त्रमा आम नागरिकको मत सार्वभौम सत्ताको प्रतीकको रूपमा लिइन्छ । तर यदि लोकतन्त्र भित्रबाटै भोट बाटै लोकतन्त्र लाई नै नोक्सान पुर्याउने शासकहरू नेताहरु वा दलहरुको जन्म हुन्छ भने त्यसलाई लोकतन्त्र भन्न मिल्दैन । 

त्यसलाई डेमागोजी भनिन्छ । अर्थात् डेमोक्रेसीलाई डेमोक्रेसीकै नाममा डिस्ट्रोइ गरी रहेको हुन्छ जसलाई डेमागग भनिन्छ । डेमागग राजनीतिक नेतालाई बुझाउँदछ । लोकप्रिय भाषण,तर्क जनभवनालाई प्रभावित पारेर बनेका नेतालाई बुझाउँदछ । यो शब्दको प्रचलन डोनाल्ड त्रम्पको राजनीतिक इन्ट्री सँगै उदय भएको हो ।र पछि बिस्तारै पश्चिमी मुलुकमा धेरै हुन थाल्यो । जर्मन दार्शनिक नित्सेले यसलाई हर्ड मेन्टालिती क्यारेक्टर भनेका थिए । एथेन्स मा झण्डै २५०० वर्ष पहिला लोकतन्त्र लाई पटक पटक संकटमा परेको कुरा इतिहासबाट बुझ्न सकिन्छ । २० औं सताब्दीमा रेडियो टेलिभिजन जस्ता आविष्कार र विकासले गर्दा  हिटलर मुसोलिनी जस्ता डेमागगहरुको उदय भएको थियो । उनीहरू पनि चुनाव जितेर लोकतान्त्रिक विधि बाटै आएका थिए । 

जर्मनका तानाशाह हिटलरले पहिलो विश्वयुद्ध गर्नुको कारण पुरै यहूदी माथि लगाए र जर्मनहरुको यहूदिहरूको प्रतिको नकारात्मक भावनालाई  घृणा र आक्रोशमा परिणत गरेका थिए । विश्वमा हिटलर  डेमागगहरुको  सूचीमा पहिलो नम्बरमा पर्छ ।त्यसै गरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति ट्रम्पले नश्लवादी गोरा अमेरिकीहरुको आप्रवासी उदार विचार बोक्ने अमेरिकी प्रतिको नकारात्मक भावनालाई उक्साएर आक्रोशमा परिणत गरी दिए । अल्पसंख्यक क्रीश्चियेन्लाई  भड्काएको थिए । अहिले नेपालमा पनि धेरै डेमागगहरु हुर्किरहेका छन । यिनीहरू दल र नेताको चर्को आलोचना गर्छन् ।

लोकप्रिय नाराहरू दिन्छन् । स्वर्ग जस्तो देश डुबाए बर्बाद पारे भन्दै  नयाँ  सपनाहरु बाँड्छन् । भीडलाई उत्तेजित पार्ने काम गर्छन् । आफूहरु जनप्रिय नेता बन्न खोज्छन् । दल र सन्था लाई मान्दैनन् । यिनीहरू व्यक्ति लाई प्रमुख ठान्दछन् । आफूलाई हिरो  वा कुनै भगवान को अवतार ठान्दछन् । मसीहा ठान्दछन् । अन्ततः यिनीहरूको उदेस्य कुनै तरिकाले सत्तामा पुग्नु नै हो 

सत्ता प्राप्ति पछि यिनीहरू अधिनायकवाद स्थापित गर्न खोज्छन् ।वास्तवमा डेमागगहरूको कुनै ईतिहास हुँदैन । यिनीहरुसँग विचारको स्पस्टता हुँदैन । नीति , सिद्धान्त ,दृष्टकोन  नैतक मानक केही हुन्न ।  साथै यिनीहरूले देशलाई गलत मार्गमा लान्छन् र लाभ होइन नोक्सान पुर्याउँदछन ।

डेमागगहरु लोकतन्त्रका खलनायकहरु हुन् । त्यसैले अब यिनीहरूको सही ढंगले पहिचान गर्नु आवस्यक छ । र मुलुकलाई राम्रो बाटो देखाउन र लोकतन्त्रको रक्षा गर्नु सबैको दाइत्व हो।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब