पुस २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

  • पुस २८, २०८२ | ७९ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पौष २८गते । सोमबार । इस्वी सन् २०२६ जनवरी १२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–नवमी, १८ घडी ११ पला, दिउँसो २ बजेर १४ मिनेट उप्रान्त दशमी । नक्षत्र–स्वाती, ३९ घडी ३७ पला, बेलुकी १० बजेर ४९ मिनेट उप्रान्त विशाखा । योग–धृती, ३३ घडी २६ पला, बेलुकी ८ बजेर २० मिनेट उप्रान्त शूल । करण–गर, दिउँसो २ बजेर १४ मिनेट उप्रान्त वणिज, रातको ३ बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–तुला ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २६ मिनेट । दिनमान २६ घडी १२ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म अमृत बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म शुभ बेला ।
  • बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर १३ मिनेटदेखि दिउँसो १ बजेर ३१ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ३२ मिनेटदेखि दिउँसो २ बजेर ४९ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो २ बजेर ५० मिनेटदेखि बेलुकी ४ बजेर ८ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ९ मिनेटदेखि बेलुकी ७ बजेर ८ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ८ बजेर १६ मिनेटदेखि बिहान  ९ बजेर ३५ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ । व्यापार वा घुमघामको सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पारिवारि महाैलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो दुरीको यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामीप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । बैक तथा वित्तीय क्षेत्रबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समय राम्रो रहेकोले थोरै समयमा उपलब्धिमूलक कामहरू बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरू बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागी हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार, शेयर बजारको लगानीबाट नाफा कमाउन सकिनेछ ।  नोकरीमा पदोन्नति हुने योग रहेको छ । सन्तान तथा आफन्तको सहयोग पाउँदा मन प्रसन्न हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सकिनेछ । सामाजिक काममा सहभागी भएर सहयोग गर्न पाउँदा मन प्रसन्न हुनेछ । तर पनि राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । यात्रा गदा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुनसक्छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा गर्न सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । दाजुभाइ तथा छिमेकीबाट तपाईँको कामको उच्च मूल्याङकन हुने ग्रहयोग रहेको छ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न रहनेछ । विवादित विषयहरूको नतिजा तपाईँ आफ्नै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) माया प्रेममा सामीप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । राजनीतिक भेटघाट, बैठकमा समय व्यातित हुने तथा पद प्राप्तिको योग रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पहिरन, खाद्यान्न तथा तरल पदार्थको व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत पहिल्याउन सकिनेछ । वित्तीय बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । सङ्गीत तथा साहित्यकै सवालमा लामो दुरीको यात्रा हुनेछ । किनमेल, मनोरञ्जन तथा खानपानमा समय खर्च हुनेछ । राजनीतिकर्मी तथा सामाजिक क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आर्थिक कारोबार बिग्रिएर दण्ड तथा जरिवाना हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेको छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तर पनि काम तथा अध्ययनको सिलसिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने व्यापार तथा शेयर बजारबाट रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । सामाजिक कामबाट छोटो समयमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण थप बढ्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  सामाजिक क्षेत्र तथा राजनीतिमा समय दिनेहरूले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउनेछन् । फाली फलाम तथा निर्माण सामाग्रीको व्यापार फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईंको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले लामो दुरीको यात्राको तय गनेछन् । घुमफिर तथा खानपानमा अधिकांश समय खर्च हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  धार्मिक कार्य तथा परोपकारी काममा मन जानेछ । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । परिवारका साथ किनमेल, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । शेयर बजार तथा व्यापारबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ । तर पनि केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । काममा चुनौती देखिनाले धेरै परिश्रम गर्नुपर्ला । योजना पूरा नभए पनि गरिएको प्रयत्नले भविष्यप्रति आशा जगाउन सक्छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदी बहिनीसँग मनमुटाब बढ्ने तथा टाढिने समय रहेको छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तर पनि लामो दुरीको शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । टेक्निकल क्षेत्र तथा धार्मिक क्षेत्रमा अनुसन्धान गर्नेहरूका लागी समय उत्तम रहेको छ । नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस् ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब