पुस २९ गते मंगलबार,यस्तो छ तपाईंको राशिफल

  • पुस २९, २०८२ | ६३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पौष २९ गते । मंगलबार । इस्वी सन् २०२६ जनवरी १३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–दशमी, २३ घडी ७ पला, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–विशाखा, ४५ घडी ५२ पला, रातको १ बजेर १९ मिनेट उप्रान्त अनुराधा । योग–शूल, ३४ घडी २६ पला, बेलुकी ८ बजेर ४५ मिनेट उप्रान्त गंड । करण–भद्रा, बेलुकी ४ बजेर १३ मिनेट उप्रान्त बव, रातको ५ बजेर १७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–तुला, बेलुकी ६ बजेर ४० मिनेट उप्रान्त वृश्चिक ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २६ मिनेट । दिनमान २६ घडी १४ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म रोग बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर १८ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म चर बेला ।
  • बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५४ मिनेटसम्म लाभ बेला ।
  • बिहान १० बजेर ५५ मिनेटदेखि बिहान १२ बजेर १३ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १२ बजेर १४ मिनेटदेखि दिउँसो १ बजेर ३१ मिनेटसम्म काल बेला ।
  • दिउँसो १ बजेर ३२ मिनेटदेखि दिउँसो २ बजेर ५० मिनेटसम्म शुभ बेला ।
  • दिउँसो २ बजेर ५१ मिनेटदेखि बेलुकी ४ बजेर ९ मिनेटसम्म रोग बेला ।
  • बेलुकी ४ बजेर १० मिनेटदेखि बेलुकी ७ बजेर ९ मिनेटसम्म काल बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो २ बजेर ५० मिनेटदेखि बेलुकी ४ बजेर ८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गरगहना, पहिरन, कस्मेटिक तथा खाद्यान्नको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतीत गर्दा खुसी भएको महसुस गर्नेछन् । खानपान, किनमेल तथा मनोरञ्जनमा अधिकांश समय खर्च हुनेछ । होटेल तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । साँझपख गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहौलमा जमघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पुँजी बजारमा होटेल तथा फाइनान्स क्षेत्रको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घर परिवारजनसँग घरायसी कुरामा मतभेद हुनेछ ।  सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा अविश्वास बढ्न तथा मन परेको मानिससँग छुट्नु पर्दा मन खिन्न हुनेछ ।  तर पनि साँझपख पहिरन, खाद्यान्न, फर्निचर, भाडा वर्तनका सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । अध्ययनमा भन्दा बाहिरी क्रियाकलापमा मन जानेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको बिक्री तथा मर्मतको व्यापारबाट मनग्गे लाभ हुनेछ भने भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे मुनाफा कमाउन सकिनेछ । साँझपख राजनीति तथा समाजसेवा समय दिनेहरूका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव लिएर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रकृतिको काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । गरगहना, पहिरन, खाद्यान्न र फर्निचरका सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक क्षेत्रमा आलोचनात्मक समर्थन पाइनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम गर्न सकिने भए पनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । तर पनि होटेल, पहिरन, खाद्यान्न तथा सवारी साधनको बिक्री र मर्मतबाट मनग्गे आम्दानी गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूले जनताको सेवामा समय खर्चँदा सम्मान पाइनेछ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) झन्झटिलो यात्रा हुनेछ भने सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । साँझपख विदेशी सामानको व्यापार, पहिरन, खाद्यान्न, स्वास्थ्य सामग्रीको बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा अन्य भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । सवारी साधनको बिक्री तथा मर्मतबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  कर्म क्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । पहिरन, सवारी साधन, फर्निचर, खाद्यान्न तथा स्वास्थ्य सामाग्रीको व्यापारबाट लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । रोजगार पाईने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । साँझपख शैक्षिक यात्रा तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापारमा लगानी बढाई आम्दानी गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।  

तपाईँको दिन शुभ रहोस् ।

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब