दुर्लभ राजगोमन सर्पको उद्धार

  • वैशाख ७, २०८३ | १७४ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको बर्दिबास नगरपालिका–३ राजाबास गाउँबाट करिब ११ फिट लामो र झन्डै छ किलोग्राम तौल भएको दुर्लभ राजगोमन सर्पको उद्धार गरी सुरक्षित रूपमा प्राकृतिक बासस्थानमा छाडिएको छ।

बाख्रा खोर नजिकै राखिएको दाउरामा लुकेको अवस्थामा उक्त सर्प फेलापरेको थियो। मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार ट्रस्टका सुवोध आचार्य, गौतम मण्डल तथा सबडिभिजन वन कार्यालय लालगढको संयुक्त टोलीले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएको हो।

उद्धारपछि सर्पलाई नजिकैको सामुदायिक वन क्षेत्रमा लगेर पुनःस्थापना गरिएको छ। अध्यक्ष मण्डलका अनुसार चुरे क्षेत्र राजगोमन सर्पको प्राकृतिक बासस्थान भएकाले सोही वातावरणमा छाडिएको हो।

संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभा ...

असार १३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १३ गते । शनिबार । इस ...

गोलबजार नगरपालिका पूर्ण खोप घोषणा

गोलबजार । "स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, ...

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो

चितवन । भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब