जसपा–लोसपा एकीकरणमा दुई बुँदे असहमति

  • जेठ ४, २०८३ | २८२ पटक पढिएको | सीमा संदेश
alt

केही दिन अघि मात्रै जनता समाजवादी पार्टी (जसपा) र नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीचको भएको एकीकरणलाई निर्वाचन आयोगले मान्यता दिएको छ ।

यसैबीच शुरुमै एकीकरणमा रहे पनि अन्तिम चरणमा समावेश नभएका नेता हृदयेश त्रिपाठीले दुई बुँदे फरक मत राखेका छन् । आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा रहेको जनता प्रगतिशील पार्टीका अध्यक्षसमेत रहेका नेता त्रिपाठीले जनाएका छन् ।

नेपाल जस्तो विविधतायुक्त देशमा अहिलेकै संसदीय प्रणाली र मिश्रित निर्वाचन प्रणाली ठीक भएको उनले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् । अध्यक्ष त्रिपाठीले लेखेका छन्, ‘प्रत्यक्ष निर्वाचित रास्ट्रपतिको व्यवस्था नेपाली कम्युनिष्ट मित्रहरूको विचार हो, जुन अल्पसंख्यकका लागि घातक छ र पूर्ण समानुपातिक निर्वाचन प्रणालीसँग सहमत हुन सकिन्न,’ उनले भनेका छन्, ‘सैद्धान्तिक विषयमा स्पष्ट नभइ एकता गर्नु आत्मघाती हुनेछ ।’

गत २४ मंसिरमा हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी (जप्रपा), वृषेशचन्द्र लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी -तमलोपा) र लोसपा नेपालले पार्टी एकीकरण गरेका थिए । त्यसपछि पुसमा लोसपा– जसपा नेपाल बीच एकीकरण भएको थियो । यस एकीकरणले निर्वाचन आयोगबाट समेत मान्यता प्राप्त गरिसकेको छ ।

अध्यक्ष त्रिपाठी नेतृत्वको जप्रपा र लाल अध्यक्ष रहेको तमलोपाको अथक प्रयासपछि लोसपासँग एकीकरण भएको र त्यसपछि लोसपा र जसपा एकता प्रक्रिया अगाडि बढेको त्रिपाठीले उल्लेख गरेका छन् । जसपा–लोसपा एकीकरण हुँदा जप्रपा र तमलोपालाई कुनै जानकारी नदिएको त्रिपाठीको आरोप छ । तमलोपा एकीकरण प्रक्रियबाट बाहिरीसकेको छ । फागुन २१ को निर्वाचनमा त्रिपाठी जसपा नेपालकै चुनाव चिह्न ढल्केको छाता लिएर उम्मेदवार बनेका थिए ।

नवलपर ासी (बर्दघाट–सुस्ता पूर्व)–१ बाट उठेका उनले ७ हजार ८२३ मत प्राप्त गरेका थिए । निर्वाचन आयोगबाट मान्यता प्राप्त हुनुलाई भने त्रिपाठीले सकारात्मक भनेका छन् । यता निर्वाचन अघि भएको एकीकरण निर्वाचनको मुखमै लाल नेतृत्वको तमलोपा अलग भइसकेको थियो भने नेता त्रिपाठी मौन थिए ।

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब