जसपा नेपालले चयन गर्नसकेन दलको नेता

  • जेठ ७, २०८३ | १६६ पटक पढिएको | सीमा संदेश
alt

एकीकृत जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेता चयन हुन सकेनन् ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिने बेलामा जसपा नेपालमा दलको नेताका लागि विवाद उत्पन्न भएको थियो । तत्कालिन जसपा नेपालका सरोज यादव र तत्कालिन लोसपा नेपालका जितेन्द्र सोनल दुवैले आफू जसपा नेपाल संसदीय दलको नेता रहेको दाबी गर्न थालेपछि विवाद उत्पन्न भएको थियो । जसपा नेपालको विवादकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिन सकेनन् र आउंदो शुक्रवारका लागि मिति तय गरिएको छ ।

जसपा नेपालमा देखिएका संसदीय दलको नेता विवाद समाधान लागि बुधवार दुवै दलका सांसदहरुको बैठक आह् वान गरिएको थियो । तर सो बैठकबाट एकीकृत जसपा नेपालको नयाँ संसदीय दलको नेता चयन हुन सकेको छ । दिउंसो १ बजेदेखि ५ बजेसम्म बसेको सो बैठक संसदीय दलको नेता कुन प्रक्रियाले छान्ने विषयमा मात्र छलफल भएको र बिहीवर पुनः बैठक बस्ने गरी बैठक स्थगित भएको बैठकमा सहभागी एक सांसदले जनाएको छ ।

उनका अनुसार आजको बैठकमा दलको नेतामा कसैले पनि आफ्नो दाबी गरेको छैन, सर्वसम्मति वा निर्वाचन कुन प्रक्रियाले चयन गर्ने बारे छलफल मात्र भएको हो । बिहीवार बस्ने बैठकबाट नेता बन्न चाहने इच्छुकहरुले आ आफ्नो दाबी पेश गर्नेछ । शुरुमा सर्वसम्मतिबाट चयन गर्ने प्रयास गरिनेछ नभए निर्वाचनको मतदान प्रक्रियामा जानेछ । श्रोतका अनुसार तत्कालिन जसपा नेपालबाट सरोज कुमार यादव, लालबाबु राउत र लोसपा नेपालबाट जितेन्द्र सोनलले आन्तरिक रुपमा दाबी गरिरहेका छन् ।

जसपा नेपालको नयाँ दलको नेताले नै मधेश सरकार नेतृत्वको नयाँ बाटो कोर्नेछ ।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब