जेठ १४ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल

  • जेठ १४, २०८३ | १३२ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल जेठ १४ गते । बिहीबार । इस्वी सन् २०२६ मे २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष । तिथि–द्धादशी, ९ घडी १९ पला, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–चित्रा, १० घडी ३७ पला, बिहान ९ बजेर २६ मिनेट उप्रान्त स्वाती । योग–वरियान, ५९ घडी ३१ पला, रातको ५ बजेर ० मिनेट उप्रान्त परिध । करण–बालव, बिहान ८ बजेर ५५ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर २५ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–चर योग । चन्द्रराशि–तुला । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ११ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५१ मिनेट । दिनमान ३४ घडी १० पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ११ मिनेटसम्म शुभ बेला ।
  • बिहान ५ बजेर १२ मिनेटदेखि बिहान ६ बजेर ५४ मिनेटसम्म रोग बेला ।
  • बिहान ६ बजेर ५५ मिनेटदेखि बिहान ८ बजेर ३७ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर ३८ मिनेटदेखि बिहान १० बजेर १९ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर २० मिनेटदेखि बिहान १२ बजेर २ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर ३ मिनेटदेखि दिउँसो १ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ४५ मिनेटदेखि दिउँसो ३ बजेर २७ मिनेटसम्म काल बेला ।
  • दिउँसो ३ बजेर २८ मिनेटदेखि बेलुकी ५ बजेर ९ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ८ बजेर ९ मिनेटसम्म अमृत बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १ बजेर ४४ मिनेटदेखि दिउँसो ३ बजेर २६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३५ मिनेटदेखि बिहान ४ बजेर २३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) एकल तथा साझेदारी  व्यवसायबाट  प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब उत्पन्न हुनेछ बढ्ने योग रहेको छ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । समाजसेवामा नाम कमाउन अलि बढी नै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्ट मित्रसँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दौडधुप तथा लामो खटाइले मात्र कामहरू सम्पादन हुनेछन् । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आए पनि तत्काल भन्दा पनि पछिको लागी फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्यक्तिहरूसँग विवाद बढ्ने योग रहेको छ । तर पनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा सामाजिक क्षेत्रमा जनताको साथ तथा समर्थन पाइनेछ । अध्ययनमा सुधार हुने तथा नतिजा हात पार्न सकिनेछ । आट, साहस तथा पराक्रमले काम हात पार्न सकिनेछ । आफन्त तथा साथीभाइसँग केही समय व्यातित हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको ग्रहयोग रहेको छ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरूको भरपर्दा काम नबन्ने तथा चिताएको काममा विलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत सङ्गतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले मन खिन्न हुनेछ । नियम सङ्गत काम नगर्दा दण्ड वा जरिवाना हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । तर पनि राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक  समर्थन पाइनेछ । यात्रा तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) भाग्य भावमा गोचर गर्ने चन्द्रमाको शुभ प्रभावले धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । सानो प्रयत्नले उपलब्धिमूलक कामहरू हुनेछन् । राज्यको नजिक भई काम गर्नेहरूले आर्थिक लाभ प्राप्त गर्ने समय रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग रहेको छ । मन्दिर तथा धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ ।  पढाइ लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।

तपाईँको दिन शुभ रहोस् ।

कमला पुलमा बजेटमा नपारिएको भन्दै आन्दोलन घोषणा

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा धनुषा जोेड्ने कमला नदी ...

साधु भेषमा लुक्दै फरार मेयर सिंह

किर्ते कागजात तथा नागरिकता प्रकरणसँग सम्बन्धित मुद्दामा ...

रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म ...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब