विद्यार्थीले थाले साक्षरता अभियान

  • असार ६, २०८३ | १८३ पटक पढिएको | सीमा संदेश
alt

लहानस्थित संस्थागत क्याम्पसका विद्यार्थीले साक्षर मुलुक घोषणाका लागि राज्यले लिएको लक्ष्यलाई सघाउने उद्देश्यले सामाजिक उत्तरदात्विका लागि साक्षरता अभियान थालेका छन् । ‘साक्षरता हाम्रो अभियान, उज्ज्वल भविष्य हाम्रो लक्ष्य’ भन्ने नारासहित लहान नगरपालिका– ८ स्थित सलहेश क्याम्पसका विद्यार्थीले साक्षरता अभियान थालेका हुन् ।

क्याम्पसपरिसरमा शुक्रबार बिहान अभियानको थालनी गर्दै विद्यार्थी, शिक्षकहरूले हरेक नागरिकलाई साक्षर बनाउने राज्यको लक्ष्यअनुरूप गाउँबस्तीमा बस्ने निरक्षर नागरिकलाई साक्षर बनाउन आगामी करिब एक महिनासम्म आफूहरू परिचालन हुने बताए । 

क्याम्पस प्रमुख श्यामकुमार महतोले अभियानअन्तर्गत नगर क्षेत्रमा पर्ने विशेषगरी दलित, विपन्न र निरक्षर बस्ती छनाेट गरी हरेक विद्यार्थीले कम्तीमा दुईजनालाई साक्षर बनाउन मिहिनेत गर्ने बताए। ‘हरेक विद्यार्थीले निरक्षर व्यक्तिलाई कम्तीमा आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न, एकदेखि १० सम्मको अंक लेख्न र चिन्न तथा मोबाइलको नम्बर चिन्न सक्ने बनाउनेछन्,’ उनले भने। 

‘साक्षरताले सामाजिक विकासमा फड्को’
अभियान थालनी कार्यक्रममा समाजसेवी दिलीपकुमार यादवले साक्षरताले व्यक्तिको  जीवनमा ठुलो परिवर्तन ल्याउने उल्लेख गर्दै त्यसले सामाजिक विकासमा समेत फड्को मार्न सक्ने औँल्याए । ‘आफ्नो परिवार, टोल, छिमेकसँगै सिंगो समाज साक्षर भएको खण्डमा त्यसले समाज विकासको गति पनि बढ्छ,’ उनले भने ‘तसर्थ, हरेक विद्यार्थीले आफ्नो जिम्मामा रहेका व्यक्तिलाई जसरी भए पनि साक्षर बनाउनैपर्छ, त्यसले व्यक्ति मात्र होइन, सिंगो समाजको विकासमा ठुलो योगदान पुर्‍याउँछ ।’

नेपाल पत्रकार महासंघ सिराहा शाखाका अध्यक्ष मनोज बनैता यादवले हरेक क्याम्पस, विद्यालय, सामाजिक संघसंस्था राज्यले लिएको नीति पूरा गर्न उत्तरदायी बन्नुपर्ने चर्चा गर्दै  साक्षर हुनु भनेको अक्षर चिन्ने मात्र नभई चेतनाको विस्तारसमेत रहेको बताए । ‘चेतना विस्तारसँग जोडिएको साक्षरता अभियानले गरिबी घटाउनसमेत सघाउँछ’ उनले भने, ‘लहान क्षेत्रको संस्थागत क्याम्पसले यो महान् काममा आफूलाई पनि जिम्मेवार बनाउनु सह्रानीय काम हो ।’

क्याम्पसका शिक्षक कुमार ढुंगानाले व्यक्ति स्वयंले समाजका लागि योगदान दिनुपर्ने उल्लेख गर्दै साक्षरता जीवन अगाडि बढाउने आधार रहेको बताए । ‘व्यक्ति र समाजलाई साक्षर बनाउने जिम्मेवारी हाम्रो पनि हो,’ उनले भने, ‘हरेक क्षेत्रमा पछाडि रहेको मधेश प्रदेशमा त झन् अभियानको ठुलो महत्त्व छ जसले गाउँ, वडा, पालिका, जिल्ला हुँदै प्रदेशको अवस्था फेर्न ठुलो भूमिका खेल्न सक्छ ।’ क्याम्पसका अनुसार विद्यार्थीहरू आफ्नो दैनिक कक्षाको पढाइ सकेर छनाेट गरिएको बस्तीमा बिदाको दिनसमेत साक्षरता अभियान सञ्चालन गर्नेछन् ।   

अझै १३ जिल्ला साक्षर घोषणा हुन बाँकी
नेपालमा पाँच वर्षमाथिको साक्षरतादर ७६.२ प्रतिशत र १५ देखि ६० वर्षसम्मको साक्षरता दर ८५ प्रतिशत रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ को बजेट र कार्यक्रममा दुई वर्षभित्र नेपाललाई पूर्ण साक्षर घोषणा गर्ने कार्यक्रम ल्याइएको भए पनि अझै मधेश प्रदेशका आठसहित १३ जिल्ला पूर्ण साक्षर घोषणा हुन बाँकी छन् ।  

अहिलेसम्म मधेश र कर्णाली प्रदेश साक्षर घोषणा हुन बाँकी रहेको जनाइएको छ । साक्षर घोषणा हुन बाँकी जिल्लाहरूमा मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा तथा कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालीकोट, डोल्पा रहेको जनाइएको छ । 

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब