सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको बजेट सार्वजनिक

  • असार ९, २०८३ | ३५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीति तथा कार्यक्रम ११ ओँ नगर सभाबाट ८४ करोड २२ लाख ४३ हजारको बजेट सार्वजनिक गरको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को अनुसार स्थानीय  तहले असार १० गते सुरु भएको बजेट अधिवेशन अन्तर्गत सभा बैठकले असार मसान्तभित्र बजेट अनिर्वाय रुपमा पारित गरिसक्नुपर्ने कानूनी व्यवस्थालाई ध्यानमा राखि समयमै नगर सभा सम्पन गरको छ । 

संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएका विभिन्न शिर्षकका अनुदानको चालु तर्फ ६० करोड ८८ लाख ३० हजार र पूजिँगत तर्फ २३ करोड, ३४ लाख १३ हजार बजेट विनियोजन गरको छ ।

शहरी पूर्वाधारको निर्माण,  सडक, स्वास्थ्य, स्वस्थ र दक्षजनशक्तिको निर्माण, शैक्षिक क्षेत्रमा सुधार, कृषि र पशुपालन, पर्यटन, सुकुम्बासी व्यवस्थापन, फोहर व्यवस्थापन, लक्षित वर्गको सशक्रिकरण, सुशासन, पारदर्शिता र सेवाप्रवाहमा सुधार गर्ने विषय बजेटको प्राथमिकतामा राखेको छ।

हाल चालु आ.व. को १ अर्व २७ करोड २३ लाख ७२ हजार ९९३ विनियोििजत बजेटबाट ४९ करोड ८० लाख ८२ हजार ७६८ मात्र खर्च भएको छ । बजेटको खर्च अवस्थालाई हेर्दा ३९ प्रतिशत बजेट मात्र खर्च भएको देखिन्छ । चालु आ.व. अन्तिम महिनाको दोस्रो हप्ता सम्ममा ६१ प्रतिशत बजेट अझै खर्च गर्न बाँकी देखिन्छ ।

 नगर सभा कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले नीति तथा कार्यक्रम सकारात्मक रहको भन्दै बजेट कार्यन्वयनका शुभकामन व्यक्त गर्नु भयो ।

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब