गोलबजार नगरपालिका पूर्ण खोप घोषणा

  • असार १२, २०८३ | १३५ पटक पढिएको | बैधनाथ यादब
alt

गोलबजार । "स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिवद्धता" नाराका साथ शुक्रवार एक कार्यक्रम गरी गोलबजार नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 

नगरपालिका १ देखि १३ वडामा १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाका कुल संख्या १ हजार ९ सय २३ मध्ये पूर्ण खोप प्राप्त गरेका बच्चा १ हजार ८ सय ५७ रहेका छन् । जस मध्ये खोप कार्ड भएका संख्या १ हजार ८ सय ६६ र खोप कार्ड नभएका संख्या ५८ रहेका छन् । खोपबाट बञ्चित भएका ६६ जना बालबालिकालाई पनि स्वंसेवकहरुले घरमै गई पूर्ण खोप पुरा गरेको जानकारी कार्यक्रममा प्रस्तुत गरको छ ।

अगामी आ.व. को बजेट सार्वजनिक गर्ने चटारो भएका कारण पूर्ण खोप घोषणा गर्न ढिलो भएपनि स्वास्थ्य क्षेत्रका इन्डिकेटर लक्ष्य अनुसार प्राप्त गरी जिल्लकै उत्कृष्ट रहेकोले गर्व महशुस भईरहको मेयर श्याम कुमार श्रेष्ठले बताउनु भयो ।

हामीले अगामी आ.व. को बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ राखि बजेट विनियोजन गरेका छौँ । त्यसैले स्वास्थ्यकर्मि साथिहरुले नागरिकका स्वास्थ प्रति पूर्ण जिम्मेवार भई आफ्ना दायित्व पूरा गर्न मेयर श्रेष्ठले निर्देशन दिनु भयो ।

गोलबजार नगरपालिका पूर्ण खोप घोषणा गरेसँगै जिल्लाकै चौथो पालिका बन्न सफल भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले पूर्ण खोप सम्पन् गरेको भन्दै प्रमाणपत्र पनि पालिहका प्रमुखलाई हास्तान्तरण गरको छ ।

729896292_1387606123181675_8546850408408902106_n

संघीयता पुनर्संरचना विरुद्ध मधेशी सडकमा ओर्लिने

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) का सभा ...

असार १३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार १३ गते । शनिबार । इस ...

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो

चितवन । भद्रगोल व्यवस्थापनकैबिच नयाँ नेतृत्व र नीति तय ...

सशस्त्र प्रहरीद्वारा साढे दुई करोडभन्दा बढीको अवैध

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाले ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब