पेट्रोल, डिजेल र मट्टीतेल लिटरको २००

  • साउन १८, २०८३ | ७५ पटक पढिएको | सीमा संदेश
alt

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल तीन र डिजेल तथा मट्टीतेल समान पाँच रुपैयाँ प्रतिलिटर बढाएको छ । मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान दुई सय रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै, आन्तरिक हवाई इन्धन २० रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन एक सय ३१ डलर प्रतिकिलोलिटर वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ । शनिबार दिउँसो इन्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएका कारण नेपालमा पनि मूल्य समायोजन गरेको निगमले जनाएको छ । मूल्यवृद्धिपछि हवाई इन्धन आन्तरिक दुई सय ४९ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन प्रतिकिलोलिटर १५ सय ६६ डलर पुगेको छ । 

निगम प्रवक्ता मनोज ठाकुरले आइओसीबाट शनिबार मूल्य प्राप्त भए पनि सार्वजनिक बिदा भएका कारण मूल्य समायोजन गर्न केही ढिलाइ भएको बताए । उनका अनुसार ठुलो दरले परिवर्तन भएका कारण सञ्चालक समिति बैठक बसेर मूल्य समायोजनको निर्णय भएको हो । निगमले मूल्य समायोजनको निर्णय गरेपछि काठमाडौं, दिपायल र पोखरामा पेट्रोल–डिजेल समान दुई सय रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै, झापा, विराटनगर, जनकपुर, अमलेखगञ्न्ज, रुपन्देही, नेपालगन्ज, धनगढी र वीरगन्जमा रहेका आयल निगमको कार्यालयदेखि १५ किलोमिटर आसपासको तराई क्षेत्रमा पेट्रोल र डिजेल १९७.५० रुपैयाँ कायम भएको छ । तराईमा ढुवानी लागत सस्तो पर्ने भएकाले काठमाडौंको तुलनामा पेट्रोलियम पदार्थ सस्तो हुने गर्छ । सुर्खेत र दाङस्थित आयल निगमको कार्यालयदेखि १५ किलोमिटर क्षेत्रमा भने पेट्रोल र डिजेल समान १९९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।आयल निगमको कार्यालयदेखि १५ किलोमिटरभन्दा बढी दूरीमा भने ढुवानी लागत जोडेर इन्धन बिक्री गर्न पेट्रोलपम्पलाई छुट दिइएको छ । 

न ठुलो अन्तरले बढेर आए पनि सामान्य वृद्धि
शनिबार दिउँसो आइओसीले पेट्रोल २० रुपैयाँ, डिजेल ३९.६७ रुपैयाँ र हवाई इन्धन १९.०६ रुपैयाँ प्रतिलिटरका दरले बढाएर पठाएको निगमले जनाएको छ । ठुलो अन्तरले मूल्य बढेर आए पनि उपभोक्तालाई राहत दिन थोरै दरले मात्र मूल्य समायोजन गरेको निगमले भनाइ छ । ‘नेपाली उपभोक्ताको क्रयशक्ति र हाम्रो बजार मूल्य शृंखलालाई दबाब नपरोस् भनेर मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ सूचीलाई यसपटक बेवास्ता गरिएको छ,’ प्रवक्ता ठाकुरले भने, ‘ठुलो दरमा बढेर आए पनि थोरै मात्र मूल्य बढाई उपभोक्तालाई राहत दिने प्रयास गरेका छौँ ।’भारतबाट प्राप्त मूल्यअनुसार नेपालमा समायोजन नगर्दा आगामी १५ दिनमा एक अर्ब ४९ करोड रुपैयाँ नोक्सान हुने निगमको दाबी छ ।

 मनोज ठाकुर, प्रवक्ता, आयल निगम
भारतबाट ठुलो अन्तरले मूल्य बढेर आए पनि उपभोक्तालाई राहत दिन थोरै दरले मात्र मूल्य समायोजन गरिएको छ । नेपाली उपभोक्ताको क्रयशक्ति र हाम्रो बजार मूल्य शृंखलालाई दबाब नपरोस् भनेर मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारबाट प्राप्त नयाँ सूचीलाई यसपटक बेवास्ता गरिएको छ । ठुलो दरमा बढेर आए पनि थोरै मात्र मूल्य बढाई उपभोक्तालाई राहत दिने प्रयास गरेका छौँ ।

petrol2026-08-03-07-35-40

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब