अस्पतालबाट हराएका शिशु फेला, एक महिला पक्राउ

  • भदौ १६, २०८३ | १६० पटक पढिएको | सीमा संदेश
alt

वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ ।

प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ समेत गरेको बताइएको छ । अस्पतालबाट आइतबार राति नवजात शिशु चोरी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । रातभर सञ्चालन गरिएको खोजी अभियानका क्रममा वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट शिशुसहित एक महिलालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा इनर्वा निवासी सबिना खातुन रहेकी छन् । उनको साथबाट फेला परेको नवजात शिशुलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी थिइन् । अस्पतालमै रहेकी शिशुकी हजुरआमासँग एक महिलाले ‘ बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन् । हजुरआमाले शिशु ती महिलालाई दिएपछि उनी बच्चासहित अस्पतालबाट बाहिरिएकी थिइन् । त्यसपछि परिवारले शिशु हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको सूचना पाएलगत्तै पर्सा प्रहरीले विभिन्न स्थानमा खोजी तथा निगरानी बढाएको थियो ।

प्रहरीको सक्रियतामा शिशु चोरी भएको करिब १६ घण्टामै फेला परेको हो । पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । घटनामा उनको संलग्नताको प्रकृति र शिशु चोरी गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब