जसपा नेपालले दर्जनौ कार्यकर्तालाई गरे निष्काशन

  • भदौ २१, २०८३ | १११ पटक पढिएको | सीमा संदेश
alt

पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेशका सांसदसहित स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ ।

गत भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिअनुसार पार्टीले लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी पार्टी नीति उल्लङ्घन गर्ने चार जना प्रदेश सभा सदस्यहरूलाई निस्काशित गरेको छ । निष्कासनमा पर्ने सांसदहरूमा सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे (के.सी.), भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन् ।

यी सांसदहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएकाले निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, स्थानीय तहका जनप्रतिनिधि र नेताहरूलाई पनि निष्कासन गरिएको छ । जसमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन् ।

कारबाहीमा पर्ने अन्यमा प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष र सदस्यहरू रहेका छन् । उनीहरूलाई पार्टीको नीति, सिद्धान्त र विधान विपरीत कार्य गरेको आरोप लगाइएको छ। बैठकले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

जसपाले ‘अग्रगामी मोर्चा’ गठनको निर्णयलाई स्वागत गर्दै यसलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । पार्टीले संगठन सुदृढीकरणका लागि भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही र २३ गते कपिलवस्तु र दाङमा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब