सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

  • भदौ ३१, २०८३ | १३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

गाँजा ओसारपसारमा प्रयोग भएको ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चोहर्वाबाट सिरहातर्फ एम्बुलेन्समा गाँजा लोड गरी ल्याइँदै गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउने क्रममा सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा पुगेपछि चालक एम्बुलेन्स छाडेर फरार भएका छन्।

प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा जुटका बोरामा राखिएको १०५ किलो लागूऔषध गाँजा बरामद भएको जनाएको छ। बरामद गाँजा र एम्बुलेन्स जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिएका छन्। नियन्त्रणमा लिइएको एम्बुलेन्स कसको हो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ। फरार चालकको पहिचान तथा खोजतलास भइरहेको छ। गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब