राष्ट्रिय मुक्ति पार्टी नेपालबाट महासचिवसहित नाै केन्द्रीय सदस्यको राजीनामा

  • असोज ३, २०८३ | ६१ पटक पढिएको | सीमा संदेश
alt

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नाैजना केन्द्रीय सदस्यले पार्टीबाट राजीनामा दिएका छन्। उनीहरूले पछिल्ला राजनीतिक घटनाक्रमले पुरानो राजनीतिक शैली र पुराना व्यक्तिहरूबाट देशको राजनीति अघि बढ्ने अवस्था नरहेको निष्कर्षसहित पार्टी परित्यागको घोषणा गरेका हुन्।

बिहीबार जारी विज्ञप्तिमा उनीहरूले देशका जनता निराश रहेको र विभिन्न संघर्ष तथा आन्दोलन भए पनि जनताका न्यूनतम आवश्यकता पूरा हुन नसकेको बताएका छन्। उनीहरूले ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने कथन चरितार्थ हुँदै आएको उल्लेख गरेका छन्। विज्ञप्तिमा नेपालको मौलिकतासँग मेल खाने वैचारिकीका आधारमा बलियो अर्थतन्त्र निर्माण गर्न सहयोग पुग्ने अर्थ–राजनीतिको सहारा लिएर अघि बढ्नुपर्नेमा जोड दिइएको छ।

सामाजिक–सांस्कृतिक चेतना विकासका लागि अभियानलाई निरन्तरता दिने, राजनीतिक चेतनाका लागि संघर्षमा जोड दिने र आर्थिक चेतनाका लागि विद्रोहको तयारी गर्ने उनीहरूको भनाइ छ। उनीहरूले औपनिवेशिकताको अन्त्य नभएसम्म लोकतन्त्रको प्रत्याभूति सम्भव नहुने र लोकतन्त्र तथा शान्तिविना समृद्धि हासिल गर्न नसकिने निष्कर्षसहित आफूहरूले अहिलेसम्म प्राप्त उपलब्धिमा योगदान गर्ने सबैप्रति धन्यवाद दिएका छन्।

पार्टी परित्याग गर्नेहरूले अब ‘हुंकार मधेश अभियान’मार्फत वैचारिक विकल्प र त्यसका लागि संघर्षको यात्रा अघि बढाउने बताएका छन्। साथै, समाजका विभिन्न क्षेत्रका सक्षम तथा योग्य व्यक्तित्वहरूलाई एकताबद्ध गर्दै विस्तृत योजनासहित छिट्टै सार्वजनिक रूपमा प्रस्तुत हुने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब