फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

  • असोज ३, २०८३ | १३१ पटक पढिएको | सीमा संदेश
alt

निर्वाचन आयोगले आगामी फागुन अन्तिम साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले नियमानुसार नै आयोगले तयारी गरिरहेको बताए।

उनका अनुसार स्थानीय तहका हालका जनप्रतिनिधिको कार्यकाल २ महिना बाँकी रहेकै अवस्थामा निर्वाचन गर्नुपर्ने प्रावधान छ।

‘नियम संगतले फागुनमा निर्वाचन गर्नुपर्छ। आयोगले आफ्नो काम सबै गरिरहेको छ। सरकारलाई भन्नमात्रै बाँकी छ,’ उनले भने, ‘अहिले मतदाता नामावली अध्यावधिकको काम भइरहेको छ। वर्षमा दुई पटक अध्यावधिक हुन्छ।’

उनले फागुनमा निर्वाचन हुने अवस्था आए माघमा पुन: अध्यावधिक गरी मतदाताको अन्तिम नामावली प्रकाशित हुनेछ।

के छ कानुनी व्यवस्था ?

स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद २ को १ अनुसार गाउँ सभा वा नगरसभाको कार्यकाल सकिनुभन्दा २ महिनाअघि गर्नुपर्ने उल्लेख छ।

जसमा भनिएको छ, ‘सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि हुनेछ।’

यसअघि २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन भएको थियो। ऐनअनुसार फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गराउनुपर्ने हुन्छ। संविधानअनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्षको हुनेछ।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब