विद्यार्थीमाथि निर्घात कुटपीट

  • असोज ४, २०८३ | १८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको लहानस्थित एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि मरणाशन्न  हुनेगरी कुटपीट गरेको घटना सार्वजनिक भएको छ। विद्यालयको छात्रावासबाट भागेको भन्दै लहान-४ स्थित इन्द्रेणी स्कूल प्रालिका शिक्षकले त्यहाँ अध्ययनरत ११ वर्षिय सोनु मण्डललालाई कुटपीट गरेको हो। 

सप्तरीको बलानविहुल-४ का  विद्यार्थी मण्डल विद्यालयको छात्रावास पढ्दै आएका थिए। उनी छात्रावासबाट पटक पटक भागेर दुःखदिएकाले उनलाई कुटपीट गरेको विद्यालयलेसमेत स्वीकार गरेको छ। 

विद्यालयका संस्थापक देवेन्द्र साहले पटक पटक भाग्ने गरेको र पछिल्लो पटक पटक भाग्दा प्रहरीले समात्दा हामिलाई समेत चिन्दिन भनेर दुख दिएको सुनाए। पछि भारतका कामगर्ने उनका बुवासँग सम्पर्क गरेर बल्ला छुटाएर ल्याएपछि सामान्य तर्साउन एक दुई लठठ्ी कुटेको स्वीकार गरे। 

यता विद्यार्थीका अभिभावकले भने बच्चालाई निर्घात रुपमा कुटपीट र बाँधेर राखेको बताए। विद्यार्थी आफैले पनि आफूलाई बाधेर घोप्टो बनाएर फलामे छड र प्लास्टिकको पाइपले कुटेको बताए। 

बालकलाई अहिले परिवारजनले घर लगेर उपचारमा राखेको छ।

सिरहाका कतिपय निजी विद्यालयहरुले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा यातना दिने, कुृटपीट गर्ने घटना हुँदै आएको छ।

यस्तो घटना दोहरीरहँदा धेरै घटनाहरु आर्थिक लेनदेनमा मिल्ने गरेको छ। सरोकारबालाको मौनताले यहाँका बालबालिकाहरु विद्यालयमा यातना भोग्न बाध्य रहेको अधिकारकर्मीहरु बताउँछन्।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब