रेशम चौधरीलाई राहत

  • असोज ७, २०८३ | ९६ पटक पढिएको | सीमा संदेश
alt

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई राष्ट्रपति रामचन्द्र पौडेलले दिएको कैद माफी मिनाहा सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले चौधरीको माफीविरुद्ध शारदा कडायतले दायर गरेको रिट खारेज गर्दै राष्ट्रपतिको निर्णयलाई सदर गरेको छ । संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया अघि बढाएर २०८० जेठमा चौधरीलाई माफी दिइएको थियो । २०७२ भदौ ७ गते टिकापुरमा भएको हिंसात्मक घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

सो घटनामा चौधरीलाई जिल्ला र उच्च अदालतले जन्मकैदको सजाय सुनाएका थिए, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो । नेता चौधरी २०७४ फागुनदेखि २०८० जेठसम्म थुनामा नै थिए । अदालतले तोकेको २० वर्षको कैद सजायमध्ये माफी मिनाहाबाट करिब १५ वर्ष सजाय मिनाहा भएको थियो । सो विरुद्ध कडायतले रिट दिएकी थिइन् । सो रिट खारेज गर्दै सर्वोच्च अदालतले रेशमको कैद मिनाहा सदर गरेको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब