फेसबुकमै निर्वाचित !

  • असोज १२, २०८३ | २०५ पटक पढिएको | सीमा संदेश
alt

देशमा निर्वाचन महुल तातिएको महसुश हुन थालेको छ । यदि फागुनमै हुन्छ भने अझै स्थानीय तहको निर्वाचन आउन अझै करिब ६ महिना बाँकी छ। निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्न त परै जाओस्, धेरै ठाउँमा दलहरूले समेत औपचारिक रूपमा उम्मेदवारको टुंगो लगाएका छैनन्। तर सामाजिक सञ्जाललाई भने चुनावको मिति कुर्नुपर्ने आवश्यकता छैन।

फेसबुकमै धमाधम मेयर निर्वाचित हुन थालेका छन्। वडाध्यक्ष पनि बनिसकेका छन्। कतिपयलाई त ‘अर्को मेयर’ घोषणा गरेर समर्थकहरूले अहिलेदेखि नै शुभकामना दिन थालेका छन्। ‘को बन्ला मेयर ?’, ‘कसले राम्रो मेयर चलाउला ?’, ‘मेयरका लागि योग्य व्यक्ति को ?’ यस्ता प्रश्नसहित नेताहरू तथा सम्भावित उम्मेदवारका तस्बिर राखेर सामाजिक सञ्जालमा पोस्ट गर्ने क्रम बढेको छ। पोस्ट हेर्दा लाग्छ–स्थानीय निर्वाचन आयोगभन्दा पहिले फेसबुकले नै आफ्नो निर्वाचन आयोग गठन गरिसकेको छ।

उम्मेदवार घोषणा गर्ने जिम्मेवारी दलको होला, टिकट दिने जिम्मेवारी पार्टीको होला र अन्तिम फैसला गर्ने अधिकार मतदाताको होला। तर फेसबुकका समर्थकहरूलाई भने यी सबै प्रक्रिया किन चाहियो र ? एक जनाले तस्बिर हालेर ‘अबको मेयर’ लेखिदिए पुग्यो। अर्कोले कमेन्टमा ‘मेयरज्यूलाई अग्रिम बधाई’ लेखिदियो। तेस्रोले त्यही पोस्ट सेयर गर्दै ‘समयको माग’ भनिदियो। बस्, उम्मेदवारी पक्का। त्यसपछि सुरु हुन्छ अर्को चरण–‘भावी मेयर’। अझ केही दिनपछि ‘जनताको रोजाइ’। त्यसपछि ‘मेयरका लागि एक मात्र विकल्प’। अनि चुनाव आउनुअघि नै फेसबुकको मतगणना सकिन्छ।

पोस्टको लाइक, कमेन्ट र सेयर गनेर विजेता पनि घोषणा भइसक्छ। वडाध्यक्षको अवस्था झन् रोचक छ। वडामा उम्मेदवारी दिने व्यक्ति आफैंलाई थाहा नहुन सक्छ कि आफू उम्मेदवार हुँदैछु कि छैन। तर फेसबुकका समर्थकले भने वडाध्यक्ष बनाइसकेका हुन्छन्। ‘हाम्रो वडाको भावी वडाध्यक्ष।’ तस्बिरसँगै यस्तो लेखिएको पोस्ट देखिएपछि सम्बन्धित व्यक्तिले पनि सोच्नुपर्ने अवस्था आउँछ–‘अब टिकट माग्न पार्टी कार्यालय जाने कि फेसबुकको कमेन्टमै धन्यवाद दिने ?’

यस्तो सामाजिक सञ्जालको चुनावमा मतदाता चाहिँ आवश्यक पर्दैन। समर्थक भए पुग्छ। मतपत्र चाहिँदैन, पोस्ट चाहिन्छ। निर्वाचन अधिकृत चाहिँदैन, एडमिन चाहिन्छ। मतगणना केन्द्र चाहिँदैन, कमेन्ट सेक्सन भए पुग्छ। अनि परिणामका लागि निर्वाचन आयोगको सूचना पनि आवश्यक पर्दैन। ‘बधाई तथा शुभकामना’ लेखिएको एउटा पोस्ट पर्याप्त हुन्छ। तर वास्तविक निर्वाचन फेसबुकमा हुँदैन। फेसबुकमा लोकप्रिय हुनु र जनताको मत पाउनु एउटै कुरा होइन। सामाजिक सञ्जालमा धेरै लाइक, कमेन्ट वा सेयर आउनु मतदाताको वास्तविक प्राथमिकताको आधिकारिक मापन पनि होइन।

स्थानीय निर्वाचनमा अन्ततः निर्णय गर्ने अधिकार सामाजिक सञ्जालका समर्थकलाई होइन, मतदातालाई हुन्छ। त्यसैले अहिले नै फेसबुकमा मेयर र वडाध्यक्ष बनाइहाल्ने हतार किन ? अझ ६ महिना बाँकी छ।  फेसबुकको निर्वाचनमा त मेयर भइसके। अब वास्तविक निर्वाचनको पालो आउँदा फेसबुकले आफ्नो ‘निर्वाचित मेयर’लाई टिकट पनि दिलाइदिन्छ कि फेरि नयाँ उम्मेदवार खोज्नुपर्छ, त्यो भने हेर्न बाँकी नै छ। त्यतिन्जेल सामाजिक सञ्जालमा निर्वाचन जारी रहोस्। पोस्टहरू बढिरहून्।, फोटो फेरिरहून्।, ‘भावी मेयर’ थपिँदै जाऊन्।, ‘भावी वडाध्यक्ष’ पनि कम नहुन्।, किनकि वास्तविक निर्वाचन आउनुअघि नै फेसबुकमा चुनाव जितिसक्नु पनि त एउटा उपलब्धि हो नि ! कम्तीमा फेसबुकको सरकारमा त उनीहरू निर्विरोध निर्वाचित भइसके।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब