सरकारको ६ महिने प्रगति विवरण सार्वजनिक

  • असोज १४, २०८३ | १२१ पटक पढिएको | सीमा संदेश
alt

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गठन भएको ६ महिनाको कार्यप्रगति सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको विवरणमा शासकीय सुधारदेखि पूर्वाधार, वैदेशिक रोजगार, नागरिक उद्धार तथा सेवा प्रवाहसम्मका कामलाई समेटिएको छ ।

शाह नेतृत्वको सरकार गत वर्षको चैत १३ गते गठन भएसँगै सरकारले शासकीय सुधारका लागि १०० बुँदे कार्ययोजना अघि सारेको थियो । त्यसको कार्यान्वयन अवस्थाबारे यसअघि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विवरण सार्वजनिक गरेको थियो ।

सरकारले सार्वजनिक गरेको ६ महिनाको प्रगति विवरणअनुसार शासकीय सुधारअन्तर्गत मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा झारिएको छ । प्रशासनिक संरचना चुस्त बनाउने र सरकारी खर्च घटाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरिएको सरकारको दाबी छ ।
पूर्वाधारतर्फ नागढुंगा–नौबिसे सुरुङमार्ग परीक्षणका रूपमा सञ्चालनमा आएको उल्लेख गरिएको छ । त्यस्तै, राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको भौतिक प्रगति ५० दशमलव०२ प्रतिशत पुगेको र महादेवटार सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको सरकारले जनाएको छ ।

 

सरकारले सार्वजनिक गरेको विवरणमा विभिन्न राष्ट्रिय प्राथमिकताका आयोजना कार्यान्वयनमा तीव्रता दिइएको दाबी गरिएको छ । परियोजनामा देखिएका प्रक्रियागत अवरोध हटाउन आयोजना सहजीकरण, अनुगमन तथा डिजिटल प्रणाली विकासमा समेत काम अघि बढाइएको उल्लेख छ ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई परिणाममुखी बनाउन मन्त्रालयगत कार्ययोजना र कार्यसम्पादन सूचक लागू गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । प्रत्येक मन्त्रालयका प्राथमिक काम, समयसीमा र जिम्मेवार अधिकारी तोकेर नियमित अनुगमन गर्ने प्रणाली विकास गरिएको विवरणमा उल्लेख छ ।

त्यस्तै, लगानी, उद्योग तथा व्यवसाय दर्ता प्रक्रियालाई सरल बनाउन एकद्वार प्रणाली, ‘स्टार्टअप फास्ट ट्रयाक’ तथा विभिन्न सरकारी निकायबीच डिजिटल प्रणाली एकीकरणको काम अघि बढाइएको सरकारले जनाएको छ ।

राजस्व प्रशासनलाई डिजिटल र पारदर्शी बनाउने उद्देश्यले ठूला करदातालाई केन्द्रीय बिजक अनुगमन प्रणालीमा आबद्ध गर्ने काम पनि अघि बढाइएको विवरणमा उल्लेख छ ।

सरकारले शिक्षा क्षेत्रमा पनि विभिन्न सुधार गरिएको जनाएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले ६ महिनामा हेलो सरकारमार्फत प्राप्त १ हजार १४१ उजुरीको सुनुवाइ गरेको विवरण सार्वजनिक भएको छ । साथै आठ विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गरिएको र विभिन्न निकायमा पदाधिकारी चयन गरिएको मन्त्रालयको दाबी छ ।

सरकारको ६ महिनाको प्रगति विवरणमा वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका नेपालीको उद्धारलाई समेत समेटिएको छ । विदेशमा समस्यामा परेका करिब २ हजार नेपाली नागरिकको उद्धार गरिएको तथा पारदर्शी राजदूत नियुक्तिका लागि आवेदन आह्वान गरी १३ जनाको सिफारिस गरिएको उल्लेख छ ।

सरकारले आफ्नो ६ महिनाको कार्यकालमा भएका कामलाई शासकीय सुधार,पूर्वाधार विकास, सेवा प्रवाह, आर्थिक तथा राजस्व सुधार, शिक्षा–स्वास्थ्य, ऊर्जा तथा जलस्रोत र नागरिक सुरक्षालगायतका क्षेत्रमा वर्गीकरण गरेर सार्वजनिक गरेको हो ।

यसअघि सार्वजनिक गरिएको सरकारको ‘१०० बुँदे कार्ययोजना ट्रयाकर’ अनुसार असोज ३ गतेसम्म ६२ वटा प्रतिबद्धता सम्पन्न र ३१ वटा कार्यान्वयनको चरणमा रहेको देखाइएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब