नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी संस्करणका लागि जनकपुर बोल्ट्सले अर्को ठूलो अनुबन्धन गरेको छ । टोलीले इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अलीलाई खरिद गरेको हो ।
अलीले टेस्टमा ५ शतक र १५ अर्धशतक बनाएका छन् भने उनको उच्च स्कोर १५५ रनको छ। वनडेमा उनको उच्च स्कोर १२८ र टी२० मा ७२ रन रहेको छ । उनले २०१९ को क्रिकेट विश्वकप र २०२२ को टी२० विश्वकप जित्ने इंग्ल्यान्ड टोलीमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
आइपीएल, पीएसएल र बीपीएल जस्ता ठूला लिगको अनुभव बटुलेका अलीले जनकपुर बोल्ट्सको मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोलीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved