तीन खुट्टा भएको बालिका जन्मियो

  • कार्तिक १७, २०८३ | १३९ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म भएपछि स्थानीय क्षेत्रमा चासो बढेको छ। राजपुर नगरपालिका–स्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा सोमबार बिहान करिब ५ बजे २८ वर्षीया नुसिदा खातुनले सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएकी हुन् ।

गुजरा नगरपालिका–८ कनकपुर निवासी खातुन राजपुर नगरपालिका–३ डमार चोकका सेख मोसाफिरकी छोरी हुन् । स्वास्थ्य केन्द्रका प्रमुख स्वास्थ्यकर्मी रामेश्वर मिश्रका अनुसार नवजात शिशुको तौल तीन किलोग्राम छ । जन्मलगत्तै गरिएको प्रारम्भिक परीक्षणमा बालिकाको अवस्था सामान्य पाइएको उनले बताए । बालिकाको शरीरमा दुईवटा सामान्य खुट्टासँगै देब्रे खुट्टामा अर्को अतिरिक्त खुट्टा जोडिएको छ। उक्त अतिरिक्त खुट्टा अन्य दुईको तुलनामा केही पातलो भए पनि त्यसमा नङसमेत रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

स्वास्थ्यकर्मी आजाद हुसैनका अनुसार शिशुको असामान्य शारीरिक अवस्थालाई ध्यानमा राख्दै थप परीक्षण र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा लैजान चिकित्सकीय सल्लाह दिइएको थियो। तर, परिवारका सदस्यहरूले आपसी सल्लाहपछि स्वास्थ्य केन्द्रबाट शिशुलाई लिएर गएको बताइएको छ । घटनाबारे जानकारी पाएपछि राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजीक आलमले स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनको प्रशंसा गरेका छन् । उनले जटिल अवस्थाको शिशुको जन्मपछि तत्काल आवश्यक प्रक्रिया पूरा गरी थप उपचारका लागि रेफर गर्ने तयारी गरेको भन्दै स्वास्थ्यकर्मी तथा प्रसूति सेवामा संलग्न नर्सिङ कर्मचारीहरूको प्रशंसा गरेका हुन् ।

नगरप्रमुख आलमले स्वास्थ्यकर्मीहरूको तत्परता, जिम्मेवारी र सेवाभावप्रति सम्मान व्यक्त गर्दै नवजात बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यद्यपि, बालिकाको शरीरमा अतिरिक्त खुट्टा जोडिनुको कारण र त्यसको उपचार सम्भावनाबारे विस्तृत जानकारी चिकित्सकीय परीक्षणपछि मात्रै खुल्नेछ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब