भगवानपुरमा प्रतिबन्धित औषधिसहित भारतीय नागरिक पक्राउ

  • कार्तिक २५, २०८३ | १३२ पटक पढिएको | सीमा संदेश
alt

भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका एक भारतीय नागरिक सिरहामा प्रतिबन्धित औषधिसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला झझरी गाउँका करिब ३५ वर्षीय मनोज कुमार साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार भगवानपुर गाउँपालिका–४ स्थित बलान खोला नजिकको गोरेटो बाटोमा प्रहरी चौकी ठाडीबाट खटिएको गस्ती टोलीले उनलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडी ४५४९ नम्बरको मोटरसाइकल शंकास्पद लागेपछि प्रहरीले जाँच गरेको थियो । सो क्रममा मोटरसाइकलको लेगार्डमा झुन्ड्याइएको झोलाभित्र प्रतिबन्धित औषधि फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झोलाबाट बेनाड्रिल सिरपका ३० बोतल र डेक्सोरेन्ज सिरपका २९ बोतल गरी जम्मा ५९ बोतल बरामद गरिएको छ ।

बरामद औषधि, मोटरसाइकल र पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा ल्याइएको प्रहरीले जनाएको छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब