गोलबजार व्यापार संघको अध्यक्ष पदमा चार जनाको उम्मेवारी १५ पदका लागि ३३ जना भिड्दै

  • कार्तिक २६, २०८३ | १७१ पटक पढिएको | सीमा संदेश
alt

आगामी मंसिर ४ गतेको लागि तय भएको गोलबजार व्यापार संघको निर्वाचनमा अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दिएका छन्।

नेपाली कम्यूनिष्ट पार्टी (नेकपा) लगायतको समर्थनमा अग्रज व्यवसायी महेश साह सुडी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट राकेश गुप्ता प्यानलले प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। 

गोलबजारका अर्का व्यसायी शुशिल कुमार अग्रवाल ‘शिलु’ र त्रिदेव कुमार साहलेले एकल अध्यक्ष पदमा उम्मेदवारी दिएको गोलबजार व्यापार संघ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

अध्यक्ष एक, उपाध्यक्ष दुई, महासचिव एक, कोषाध्यक्ष एक, सचिव एक र ९ सदस्यसहित १५ सिटका लागि ३३ जनले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सुरेश साहले जानकारी दिए। 

प्रथम उपाध्यक्ष पदकोलागि रामप्रमोद यादब र आनन्द कुमार यादव, उपाध्यक्षका लागि मो. सदाम खान र ओमप्रकाश साह, महासचिव पदका लागि अरविन्द कुमार सिंह र विरेन्द्र सिंह,कोषाध्यक्ष पदका लागि कपिलदेव साह र प्रकाश साह तथा सचिव पदका लागि अमर कुमार मण्डल र टेकलाल नायकले उम्मेदवारी दिएका छन्। ९ जना सदस्य पदका लागि १९ जनाले उम्मेदवारी दिएका छन्। 

अध्यक्षसहित पदाधिकारीमा १४ जनाको उम्मेद्वारी परेपनि एक जनापनि महिला उम्मेदवार छैन। सदस्यका लागि भने ४ जना महिलाको उम्मेदवारी परेको छ। 

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब