अनुगमनको क्रममा लहान बजारबाट २८ बोरा म्याद गुज्रेको मैदा बरामद

  • वैशाख २१, २०७७ | ७१५ पटक पढिएको |

विशेष सूचनाको आधारमा सिरहा लहान बजारमा गरिएको अनुगमनको क्रममा २८ बोरा म्याद गुज्रेको मैदा बरामद बरामद भएको छ। ईलका प्रशासन कार्यलय लहान , खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराज ,ईलाका प्रहरी प्रहरी कार्यलय लहान श्स्त्र प्रहरी क्याम लहान , उपभोक्ता महासंघ सिरहा सहितको टोलीले सिरहाको लहानको एक गोदाममा छापा मार्दा ५० किलोका २८ बोरा गरि १४ क्वीण्टल म्याद गुज्रेको मैदा बरामद भएको छ । ईलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल राजभण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख ,उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ता ,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी सरत थापा क्षेत्री र श्स्त्र प्रहरी क्याम लहानका डिएसपी अर्जुन प्रसाद सापकोटाको संयुक्त टोलीले जिल्ला उधोग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष अशोक लाल अमात्य , महासचिव अब्दुल करीम , कोषा अध्यक्ष विकाश सारडा , वडा नम्बर ५ का अध्यक्ष सुलेमान मियाँ अन्सारीको उपस्तिथिमा व्यापारी पवन मुन्धडाको गोदाम बाट म्याद गुज्रेको मैदा बरामद गरेको हो । इलाका प्रहरी कार्यलय लहानका डिएसपी शरतकुमार थापा क्षेत्रीका अनुसार गोदाम छापा मार्दा म्याद गुज्रेको मैदा बरामद भएपछि मैदा जफत गरिनुका साथै मुन्धडालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यलय लहानमा राखिएको बताउनु भयो।
बिरगंज खाद्य उद्योग प्रालि परवानीपुर पर्सा नेपाल द्वारा उत्पादित राजहंस ब्रान्ड उच्चस्तरको मैदा आधुनिक मेसिन बाट उत्पादित ५० किलो तौल लेखिएको बोरामा प्याक गरिएको २८ बोरा म्याद गुज्रिएको मैदा भेटिएपछि थप सोधपुछका लागि व्यापारी मुन्धडालाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको डिएसपी क्षेत्रीले बताए । यता खाद्य प्रविधि गुणस्तर कार्यालय राजविराजले म्याद गुज्रिएको मैदाको जाँचको लागि प्रदेश कार्यालय जनकपुर पठाउने उपभोक्ता महासंघ सिरहाका अध्यक्ष रमानन्द गुप्ताले जानकारी दिए ्र

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब