नेपालमा तेलको मूल्य घट्दैन, आयल निगमको नाफा कोरोना कोषमा जान्छ ः मन्त्री भट्ट "२०७७ बैशाख २३ गते"

  • वैशाख २३, २०७७ | ६३७ पटक पढिएको |
alt

नेपालमा सरकारले इन्धनको मूल्य तत्काल नघटाउने भएको छ । आयल निगमको नाफा कोरोना उपचार कोषमा पठाउने भन्दै मूल्य नघटाएको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमको नाफा कोरोना रोकथाम तथा उपचार कोषमा पठाउनुपर्ने भएकाले मूल्य समायोजन नगर्ने बताए ।

मंगलबार सञ्चारकर्मीहरुसंग भर्चुअल कुराकानी गर्दै मन्त्री भट्टले राज्य कमजोर अवस्थामा रहेकाले मूल्य घटाउन नसकिएको बताए । आयल निगमले सोमबार मात्रै कोरोना नियन्त्रण कोषमा ५० करोड रुपैयाँ पठाएको मन्त्री भट्टको भनाइ छ ।

‘आर्थिकरुपले सरकार कमजोर अवस्थामा छ, निगमको मूनाफा कोरोना कोषमा पठाउन थालेका छौं‌, तत्काललाई मूल्य घट्दैन पछि सोच्न सकिन्छ’ मन्त्री भट्टले भने । अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजनका केही समय पछि गृहकार्य हुने उनले बताए ।

नेपाल आयल निगमले भने निगमको नाफा कोरोना कोषमा पठाउने निर्णय भएकोबारे अनविज्ञता प्रकट गरेको छ । पछिल्लो केहीदिनमा निगम सञ्चालक समिति तथा अन्य कुनै बैठक नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।कोरोनाका कारण विश्वव्यापी लकडाउन हुँदा कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य निकै घटेको छ ।

भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई मे १ तारेखमा पठाएको नयाँ मूल्यसूचीअनुसार निगमलाई एक लिटरमा पेट्रोलमा २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा, मट्टीतेलमा ५५ रुपैयाँ ३५ पैसा, हवाई इन्धन आन्तरिकतर्फ ३३ रुपैयाँ ५३ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ८४ रुपैयाँ ६४ पैसा नाफा छ ।

यस्तै खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डरमा एक सय ८१ रुपैयाँ ७० पैसा नाफा छ । उल्लेखित नाफा सरकारले लिने सबै प्रकारको करकट्टी गरेर भएको नेपाल आयल निगमले जनाएको छ ।

सरकारले पेट्रोलमा ४२ रुपैयाँ ७३ पैसा, डिजेलमा २६ रुपैयाँ १५ पैसा, मट्टीतेलमा २ रुपैयाँ ८८ पैसा, हवाई इन्धन आन्तरिकतर्फ २१ रुपैयाँ ५० पैसा, हवाई इन्धन अन्तराष्ट्रियतर्फ ११ रुपैयाँ १८ पैसा र एपी ग्यासमा प्रतिसिलिण्डर दुईसय तीन रुपैयाँ २४ पैसा कर भन्सार बिन्दुमै असुल गर्छ । अनलाईन खबर

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब