मन्त्रिपरिषदले तोक्यो लकडाउनमा सञ्चालन गर्न पाइने व्यवसाय

  • वैशाख २४, २०७७ | ५६१ पटक पढिएको |
alt

सरकारले लकडाउनको समय जेठ ५ गतेसम्म थपेपनि लकडाउन खुकुलो बनाउने भएको छ । 

मन्त्रिपरिषद्को बुधबारको बैठकले लगभग सबै प्रकारका उद्योग खोल्ने, विकास निर्माणका आयोजनाको काम थाल्ने, निर्माण सामग्रीको ढुवानी गर्न दिने लगायत निर्णय भएको छ । यस्तै पुस्तक ओसारपसारको लागि पनि छुट दिने भएको छ ।

सरकारी कार्यालयहरु पनि एक तिहाई कर्मचारीको उपस्थितिमा खुल्ने भएका छन् । यस्तै बढिमा पाँच जना कामदार रहने गरी गाडी मर्मत गर्ने वर्कशप खोल्न पाइने भएको छ ।

यस्तै राजमार्ग र सहायक राजमार्ग क्षेत्रमा स्थानीय प्रशासनको अनुमतिमा होटल रेष्टुरेन्ट खोल्न सकिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

सकभर ५० किलोमिटरको दूरीमा पेट्रोल पम्प, रेष्टुरेन्ट र वर्कशप खुलाउन भनिएको छ ।  

खोल्न मिल्ने उद्योग हरुमा :

खाद्यान्न उत्पादन वा प्रशोधन गर्ने उद्योगहरु, दूध तथा दुग्ध पदार्थ उत्पादन उद्योग, औषधी, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु, खाने पानी उत्पादन गर्ने उद्योगहरु, इँटा उद्योग, पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग, खाने तेल तथा घ्यू उद्योग, चिनी उद्योग, चिया प्रशोधन उद्योग, एलपी ग्याँस उद्योग, प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग, कफी उद्योग, पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग, नूडल्स तथा तयारी चाउचाउ उद्योग, मसला उद्योग, अलैंची र अदुवा प्रशोधन उद्योग, कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग, धान चामल र चिउरा उद्योग, दाल उद्योग, पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग, खानी तथा खनिजजन्य उद्योग, बालुवा प्रशोधन तथा क्रसर उद्योग, सिमेण्ट उद्योग,आइरन तथा स्टिलउद्योग, पेन्टिङ्ग, रंगरोगन उद्योग, जीआइ र प्लास्टिक पाइ र फिटिंग्स उद्योग, बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग, जुुस तथा हल्का पेय पदार्थ उद्योग प्लाइउड र भेनिर उद्योग, विद्युत उत्पादन, विद्युत सामग्री, ट्रान्सफरमर तथा प्रसारणसँग सम्बन्धित उद्योगहरु, जस्तापाता उद्योग, हेभी मेशिनरी औजार मर्मत सम्भार, खनिजजन्य उद्योग र खानीहरु (लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत),  स: मिल र काष्ठ उद्योग, आल्मुनियम उद्योग, ग्रिल उद्योग, फोहोर मैला संकलन तथा प्रशोधन उद्योग, ढुवानी तथा कार्गो सेवा उद्योग, मेशिन पार्टपूर्जा, वर्कशप उद्योग, मोटर ग्यारेज वर्कसप उद्योग, छापाखाना तथा प्रेस सम्बन्धी उद्योग, विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथाऔद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग रहेका छन् । 

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब